नवलपरासी, ९ फागुन । नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाको अस्तु आज त्रिबेणी नदीमा पनि विसर्जन गरिएको छ ।पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ दिनको पुण्य तिथिका अवसर पारेर त्रिबेणी नदीको त्रिबेणी घाटमा अस्तु विसर्जन गरिएको हो ।काठमाडौँबाट ल्याइएको पूर्वप्रधानमन्त्री कोइरालाको अस्तु नवलपरासीको त्रिबेणीधामस्थित त्रिबेणी नदीमा विसर्जन गरियो ।
सो अवसरमा पार्टीका कन्द्रीय नेता रामशरण महत, देवेन्द्रराज कँडेललगायत जिल्लाका नेता कार्यकर्ता सहभागी थिए ।
संविधान कार्यान्वयनको जिम्मा काँग्रेसको काँधमा ः नेता महत
नेपाली काँग्रेसका नेता डा रामशरण महतले संविधान कार्यान्वयनको सबैभन्दा ठूलो जिम्मा नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । उनले संविधान निर्माणमा अग्रणी भूमिका खेलेको काँग्रेसले अब सबैको सहमति र सहकार्यमा संविधान कार्यान्वयन गर्न काँगे्रसले अगुवाइ गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाको १३औँ दिनको पुण्य तिथिमा नेपाली काँग्रेस नवलपरासीद्वारा आज परासीमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै नेता महतले कोइरालाको निधनले पार्टी र मुलुकलाई नै अपुरणीय क्षति पुगेको विचार राखे ।
सोही अवसरमा पार्टीका अर्का नेता गोपालमान श्रेष्ठले पार्टी र देशको हितका लागि कोइरालाले देखाएको बाटो सबैले रोज्नुपर्ने विचार राखेका थिए ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ