
लन्डन । नेपालको ओखलढुंगाबाट आई बेलायत बसोबासरत ओखलढुंगावासीहरुको वृहत भेला आगामी मे २१ तारिख हुने भएको छ । विगत ६ वर्षदेखि प्रत्येक वर्ष आयोजना हुंदै आएको जिल्लावासीहरुको भेला गत वर्ष औपचारिक रुपमा ओखलढुंगा जिल्ला समाज गठन भएपछि वृहत रुपमा गर्न लागिएको हो ।
ओखलढुंगा जिल्ला समाज, यूकेका अध्यक्ष क्याप्टेन (रि) नानीबाबु मगरको अध्यक्षतामा शनिवार लन्डनको मोडर्नमा बसेको समितिको पूर्ण बैठकले सो वार्षिक कार्यक्रम आयोजना लगायत अन्य विषयमा विभिन्न निर्णय गरेको छ ।
समरको शुरुवातसंगै गर्न लागिएको उक्त भेलामा बालबच्चाहरुका लागि शिक्षामुलक एवं मनोरन्जनात्मक कार्यक्रम तथा महिलाहरुका लागि समेत मनोरन्जनात्मक कार्यक्रम राखिएको समाजका अध्यक्ष मगरले जनाए । सो भेलामा बेलायतभरका करिव ५०० ओखलढुंगेहरुको जमघट हुने अनुमान गरिएको कार्यक्रम संयोजक कृष्ण गोपाल गुरुङले बताएका छन् ।
उक्त भेलामा मनोरन्जनात्मक कार्यक्रमको संयोजन समिति सदस्य मोती सुनुवारले गर्ने समितिका महासचिव नारायण गुरुङले बताए ।
गत वर्ष नेपालमा गएको महाभूकम्पका बेला पनि ओखलढुंगा जिल्ला समाजले रुम्जाटार सोसाइटी यूके मार्फत ओखलढुंगाका भूकम्प पीडितहरुलाई सहयोग पुर्याउनुका साथै अब ओखलढुंगास्थित सामुदायिक अस्पतालमा रहेको रक्त संचार केन्द्रमा अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउन लागिएको समाजका सल्लाहकार (पूर्व डिएसपी) शिवजी श्रेष्ठले जनाए ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]