
लन्डन । समान पेन्सन सहित अन्य हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुलाई ब्रिटिश भेट्रानहरुले पनि साथ दिने भएका छन् । भूपू गोर्खाहरुलाई अन्याय भएको ठहर गर्दै उनीहरुले आफूहरु सरह पेन्सन र अन्य सुविधा दिन बेलायत सरकारसंग माग समेत गरेका छन् । भूपू गोर्खाले आफूहरुलाई लडाईंमा साथ नदिएको भए अहिले आफ्नो अस्तित्व समेत नरहने ब्रिटिश भेट्रानहरुको निष्कर्ष छ ।
आफ्ना मागबारे दवाव दिन शनिवार बिहान भूपू गोर्खाहरु र ब्रिटिश भेट्रानको संयुक्त प्रदर्शनी भएको छ । सेन्ट्रल लन्डनको ह्वाइट हल क्षेत्रमा प्रदर्शनी आयोजना गरिएको हो । ब्रिटिश भेट्रानहरुको पनि पेन्सनका केही मुद्दामा असन्तुष्टि छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले शनिवार नै बेलायतका विभिन्न ११ शहरमा ब्रिटिश भेट्रानहरुको यस्तो प्रदर्शन गरिएको जनाए । गोर्खाहरुले भने लन्डन र वेल्स् मा आयोजित प्रदर्शनमा सहभागिता जनाएका थिए ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना माग सम्वोधन नभए यही अप्रिलमा फेरि आमरण अनसन बस्ने चेतावनी दिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल