त्यस अवसरमा उहाँहरूबीच आपसी सम्बन्ध र पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । साथै उहाँहरुबीच नेपालमा व्यापार र लगानी विस्तार, भूकम्पपछिको पुनःनिर्माण, तराई क्षेत्रमा सडक लगायत पूर्वाधार बनाउने तथा भारत भएर बङ्गलादेशसँगको पारवहन मार्ग सञ्चालन गर्ने बारेमा सहमति भयो ।
वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले प्रधानमन्त्रीद्वयको उपस्थितिमा सहयोगसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्नुभयो । सञ्चारकर्मीको उपस्थितिमा भएको उक्त कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले वार्तामा भएका निर्णयबारे जानकारी दिँदै सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आफू र भ्रमण दलका सदस्यलाई राजकीय सम्मानका साथ आतिथेय प्रदान गरिएकामा राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभयो ।
भारत र यहाँका जनताप्रति नेपाल र नेपालीको भावनात्मक सम्बन्ध रहेको र नेपालको विकासको भारत ठूलो साझेदार रहेको बताउँदै प्रधानमन्त्रीले भारतको साथ, सहयोग र सद्भावबाट नेपालमा लोकतान्त्रिक संविधान जारी भएको सुनाउनुभयो । नेपालको आर्थिक समृद्धि, विकास र राजनीतिक स्थायित्व अबको आफ्नो लक्ष्य भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।
विश्वको उदीयमान अर्थतन्त्रका रुपमा अग्रसर भएको भारतबाट नेपालको आर्थिक विकासका लागि सहयोग महत्वपूर्ण हुने बताउँदै उहाँले भारतले हासिल गरेको विज्ञान प्रविधि, नवीन खोज र नवप्रवर्तन नेपालका निम्ति प्रेरणादायी छ भन्नुभयो ।
शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भारतबाट निरन्तर प्राप्त सहयोग र ऐक्यबद्धताप्रति उहाँले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो,“नेपाल र भारतबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ, हामी अतिकम विकसित मुलुकको स्तरबाट क्रमशः उठ्ने प्रयासमा छाँै ।” उहाँले पूर्वाधारका विशाल परियोजनामा उल्लेख्य सहयोगको अपेक्षा नेपालले गरेको पनि बताउनुभयो ।
नेपाल र भारतबीचका सबै असमझारी हटेका र अब अग्रगामी सम्बन्धलाई अघि बढाउन अपरिहार्य भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट भारतका राष्ट्रपतिलाई र आफूले आफ्ना भारतीय समकक्षीलाई नेपालको भ्रमण गर्न निमन्त्रणा गरिएको जानकारी पनि दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीले भारत–नेपालमैत्री आजदेखि इतिहासको नयाँ चरणमा प्रवेशको बताउँदै गौरवशाली नेपाली जनताको भारतप्रतिको सद्भावको प्रशांसा गर्नुभयो । उहाँले नेपाली काँग्रेसका दिवङ्गत सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत–नेपाल सम्बन्धमा अतुलनीय योगदान भएको छ भन्दै नेता कोइरालालाई भारतले सधँैं सम्झना गरिरहने बताउनुभयो ।
अतिवाद र आतङ्कवादको भारत र नेपालले मिलेर मुकाबिला गर्ने तथा आपराधिक एवम् आतङ्कवादीलाई आआफ्ना भूमि दुरुपयोग गर्न नदिने प्रतिबद्धता आफूहरुले व्यक्त गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपालमा शान्ति, स्थायित्व र आर्थिक विकास हाम्रो उद्देश्य हो, नेपालको स्थायित्व हाम्रो सुरक्षासँग जोडिएको छ ।”
नेपालको अथाह जलस्रोतको समुचित उपयोगबाट दुवै देश लाभान्वित हुने प्रसङ्ग उल्लेख गर्दैै प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका निम्ति त्यो वरदान सावित हुने बताउनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार