प्रधानमन्त्रीको कार्यभार गच्छदारलाई

विजयकुमार गच्छदार

विजयकुमार गच्छदार

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका सिलसिलामा आज गणतन्त्र भारततर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोक्नुभएको छ ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री गच्छदारलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री