
काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकका समस्या समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आफ्नो नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।
काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा निर्णय क्षमता रहेकाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताउनुभयो ।
मुलुकलाई समावेशी चरित्रको बनाउन आफू नेतृत्वको सरकारले नै सबै जातजाति, महिला र पिछडिएका क्षेत्रको लागि आयोग बनाएको चर्चा गर्दै नेता देउवाले संविधानको कार्यान्वयनका लागि पनि मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसमा आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पार्टीमा आफूलाई नेताहरु बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाले समेत माया र विश्वास गरेको अवगत गराउँदै नेता देउवाले कावा सभापति रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको जिम्मेवारी दिन आफू तयार रहेको बताउनुभयो ।
नेता देउवाले पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । सभापति सुशील कोइरालाको असमायिक निधनपछि काँग्रेसको भावी नेतृत्वका लागि नेता देउवासँगै कावा सभापति पौडेल प्रमुख दाबेदारका रुपमा देखिनुभएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?