काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते शुक्रबारदेखि सुरू हुने भारत भ्रमण दुई देशबीचको असमझदारी अन्त्य गर्दै सम्बन्ध सुधारतर्फ केन्द्रित हुने बताएका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्को ६८ औँ वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भोलिदेखि फागुन १२ गतेसम्म हुने भारत भ्रमणको क्रममा राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई ध्यानमा राखेर सम्बन्ध सुधार गर्ने बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालसहित ४६ सदस्यीय टोली भारत भ्रमणमा भोलि जाने भएको छ ।
यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्य, नेपाल सरकारका मुख्यसचिव र सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहेका छन् ।
सम्पूर्ण समुदायको अधिकारलाई सुनिश्चित गरी प्रजातान्त्रिक प्रक्रियाबाट जारी गरिएको लोकतान्त्रिक संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
“संविधानमा सबैको शिक्षा, स्वास्थ्यलगायतको अधिकार सुनिश्चित गरिएको छ, समावेशी र समानुपातिक व्यवस्था गरिएको छ, संविधानमा सबै नागरिक समान छन्, यसको कार्यान्वयनमा सबैको उत्तिकै भूमिका हुनुपर्छ,” उनले भने ।
उनले पछिल्लो पटक मुलुकको राजनीतिक अवस्था स्थिर हुँदै गएको र आगामी दिनमा अझै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । वर्तमान सरकार जनताका समस्या सम्बोधन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
परिषद्ले विदेशबाट उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार प्राप्त गर्न सफल नेपाली काँग्रेसका नेता डा रामशरण महतलाई सम्मान पनि गरेको छ । सोही अवसरमा नेता महतले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोगमा भूकम्पपछिको पुनःनिर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणको बाटोमा अगाडि बढ्न विभिन्न राजनीतिक दलका नेतासँग आग्रह गरे ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो