
काठमाडौँ, ५ फागुन । व्यवस्थापिका संसद्को चालु अधिवेशन १३९ दिन सञ्चालन भई आजदेखि अन्त्य भएको छ ।
अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्को आजको बैठकमा पढेर सुनाउनुभएको थियो । पत्रमा अधिवेशन आजै रातिबाट अन्त्य हुने उल्लेख छ ।
असोज १५ गतेदेखि सुरु भएको यस अधिवेशनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुखको चयन भएको थियो ।
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को चालु अधिवेशनको पहिलो बैठकले व्यवस्थापिका संसद्को आन्तरिक कार्यविधि, २०७२ लाई पारित गरेको थियो ।
अधिवेशनमा विभिन्न शीर्षकका ३८ वटा विधेयक प्राप्त भएकोमा छवटा पारित भएका थिए ।
अधिवेशनको ४१ दिनमा ४४ पटक बैठक बसेको र खास कामका लागि ३७ घन्टाभन्दा बढी समय खर्च भएको थियो । यही अधिवेशनमा नेपालको संविधानको पहिलो संशोधनसम्बन्धी विधेयक पारित भएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार