
काठमाडौँ, ५ फागुन । व्यवस्थापिका संसद्को चालु अधिवेशन १३९ दिन सञ्चालन भई आजदेखि अन्त्य भएको छ ।
अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्को आजको बैठकमा पढेर सुनाउनुभएको थियो । पत्रमा अधिवेशन आजै रातिबाट अन्त्य हुने उल्लेख छ ।
असोज १५ गतेदेखि सुरु भएको यस अधिवेशनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुखको चयन भएको थियो ।
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को चालु अधिवेशनको पहिलो बैठकले व्यवस्थापिका संसद्को आन्तरिक कार्यविधि, २०७२ लाई पारित गरेको थियो ।
अधिवेशनमा विभिन्न शीर्षकका ३८ वटा विधेयक प्राप्त भएकोमा छवटा पारित भएका थिए ।
अधिवेशनको ४१ दिनमा ४४ पटक बैठक बसेको र खास कामका लागि ३७ घन्टाभन्दा बढी समय खर्च भएको थियो । यही अधिवेशनमा नेपालको संविधानको पहिलो संशोधनसम्बन्धी विधेयक पारित भएको थियो ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने