काठमाडौँ, ४ फागुन । नयाँ शिक्षा नीति निर्माणका लागि दुई हप्ताभित्र उच्चस्तरीय आयोग गठन गरिने भएको छ ।
डिल्लीबजारस्थित विजय स्मारक उमाविको हीरक महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधार र विकासका लागि नयाँ शिक्षा नीति आवश्यक रहेको र त्यसका लागि छलफल भइरहेको बताए । यसै वर्षदेखि प्रवेशिका परीक्षाको लब्धाङ्कपत्रमा सुरु गर्न लागिएकोे अक्षराङ्क प्रणालीमा ‘डी’ र ‘इ’ श्रेणीमा आउने विद्यार्थीलाई प्राविधिक शिक्षामा लगाउन तयारी भइरहेको जानकारी उनले दिए ।
मन्त्री पोखरेलका अनुसार भूकम्पका कारण करिब आठ हजार विद्यालयको भौतिक संरचना तथा एक लाखभन्दा बढी विद्यार्थी प्रभावित भएकाले तीन वर्षभित्र नै विद्यालयको भौतिक संरचना निर्माण गरिने छ ।
उक्त विद्यालयका व्यवस्थापन समितिसँग सम्बन्धित प्रा डा सुरेशराज शर्मा, नीर शाह, विजयकुमार पाण्डेलगायतले विद्यालयबाट आफूले अँगालेको अनुभव र शैक्षिक गुणस्तरका लागि विद्यालयले पु¥याएको योगदानबारे बोले । सोही अवसरमा ‘विजयश्री’ स्मारिकाको विमोचन समेत गरियो । तत्कालीन प्रधानमन्त्री मोहनशम्शेरले आफ्ना छोरा विजयको सम्झनामा उक्त विद्यालयको स्थापना गरेका थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल