काठमाडौँ, ४ फागुन । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले समितिका सदस्य एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभापति सुशील श्रेष्ठको अध्यक्षतामा बसेको समितिको आजको बैठकले कोइरालाको असामयिक दुःखदमा निधन शोक प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
विसं २०४८ र २०५६ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य र व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता कोइरालाको गत माघ २६ गते बिहान १२.५० निधन भएको थियो ।
नेपालको संविधान निर्माण गर्ने अभियानमा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइराला नेपाली राजनीतिमा सादा जीवन र स्वच्छ छवि कायम राख्ने नेताका रुपमा परिचित थिए ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा