काठमाडौँ, ३ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ ।
काँग्रेसमा २४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् सदस्य ८४ महाधिवेशन प्रतिनिधिले भाग लिने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
छत्तीस जिल्ला अधिवेशन सम्पन्न
काँग्रेसको ३६ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । यही माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा माघ २६ गते सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगन गरिएको थियो ।
बारा र पर्सा जिल्लामा प्राविधिक कारणले गाउँ अधिवेशनको प्रक्रिया बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । ती जिल्लामा मङ्गलबारदेखि नै निर्वाचन कार्यक्रम सुरु हुने भएको छ । “तराईका अन्य जिल्लामा पनि अधिवेशनको कार्यक्रम भइरहेको छ, धनुषा, सिरहा र सप्तरीको गाउँ अधिवेशन सम्पन्न भएको छ, रौतहटमा पाँच क्षेत्रको क्षेत्रीय अधिवेशन पनि सम्पन्न भई अरु क्षेत्र सकेर जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको छ”– पराजुलीले भने ।
बाँकी ३९ जिल्लाको अधिवेशन यही फागुन १० गतेभित्रै सम्पन्न गर्ने गरी निर्देशन दिइएको काँग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । “फागुन २० गतेदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नाम सूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको छ”–उनले भने ।
हालसम्म ६५ जिल्लाका २०३ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै आजसम्म सम्पन्न ३६ जिल्ला अधिवेशनबाट निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला पोखरेल, झापामा उद्धव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्ज्वलप्रसाद बराल र धादिङमा रमेश धमला छन् ।
यसैगरी काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् ।
यस्तै मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, बैतडीमा नरेन्द्रसिंह थापा, डडेलधुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तमाु सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भएको राससले जनाएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ