काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश ठूला होटलले सवारी घरजग्गा कर तिरेका छैनन् ।
काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा घर कर भने तिरेका छैनन् । महानगरपालिकाका राजस्व माहाशाखा प्रमुख महेश काफ्लेले लामो समयसम्म कर तिर्न आलटाल गरेपछि कारबाही गर्न सुरु गरेको बताए ।
“प्रक्रिया सुरु गरेपछि केही होटलले कर तिरे पनि अधिकांशले तिर्न आलटाल गरिरहेका छन्” उनले भने । होटलहरू ह्यायात, एभरेष्ट, रयाडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल, र याक एण्ड यतिले अहिलेसम्म सवारी र घरजग्गा कर तिरेका छैनन् । व्यावसायिक कर मात्र तिरेका छन् ।
महानगरपालिकाभित्र रहेको सोल्टी होटलले भने सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै तिरेको छ । ठूला होटलले वार्षिक करिब रु १० लाखदेखि रु १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । सामान्यतया मापदण्ड अनुरुपका होटलमा पार्किङको सुविधा, पौडी पोखरी, पाहुना बस्ने स्थान, बगँैचालगायतको सुविधा आवश्यक पर्छ ।
पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर ठूला होटलले अझै पनि सहज तरिकाले कर तिर्न मानेका छैनन् । समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहोर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने कामकाजका लागि सिफारिस नगर्नेलगायतका कारबाही गर्ने प्रावधान छ ।
पटक पटक कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने तथा नभए कारबाही गर्ने र त्यति गर्दा पनि नतिरेमा तालाबन्दीसमेत गर्ने प्रमुख काफ्लेले बताउनुभयो । खासगरी राजनीतिक पहुँच र राजनीतिक संरक्षण भएका व्यक्ति र उच्च पदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्नेमा बुझेर पनि नबुझे झै गरेर कर छल्ने गरेको उनले बताए । तिनुपर्ने समयभित्रै कर नतिरेको खण्डमा बर्सेनि १० प्रतिशतको दरले जरिवानासमेत तिर्नुपर्ने प्रावधान छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल