काठमाडौँ, २ फागुन । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रूपमा मनाउन थालेका छन् ।
प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन् । नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्नातक प्रथम वर्षकी समीक्षा गौतम प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रूपमा दिने बानीको विकास गरेको ठान्छिन् । उनले भनिन्—“प्रणय दिवस आफँैमा नराम्रो नभए पनि सहरी युवाले प्रेमलाई फेसनका रूपमा लिई कतिको भविष्य समेत खतरामा पारेका छन् । त्यसैले यसलाई सभ्य रूपमा मनाउन सकेमा मात्र राम्रो हुन्छ ।”
विज्ञापन कम्पनीमा कार्यरत दिवस ढकाल भने यो दिवसलाई मायाप्रेम साट्ने दिनको रूपमा लिन्छन् । उनी भन्छन्— “अहिले समय फेरिएको छ । युवा धेरै सचेत छन् । आफ्नो जीवनको निर्णय आफँै गर्ने भएकाले आफ्नो जीवन साथी रोजी उनैसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।”
प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रूपमा विवाह गराएका थिए ।
आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रूपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रूपमा सहज रूपमा ग्रहण गरिँदैन ।
सातदोबाटोका ६० वर्षीय बलराम भण्डारी प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको बताउंछन् । अहिलेका युवाले प्रेमको नाममा धेरै विकृति भित्र्याएको बताउने भण्डारीले प्रेमलाई पनि अहिलेका युवाले खेलौना बनाएको विचार व्यक्त गरे । उनले भने—“हाम्रो समयमा अहिलेको जस्तो प्रेम गर्दै छाड्दै गर्ने चलन थिएन । यसरी खुला रूपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के हो ?” उहाँले त्यसैले अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्ने गरेको सुनाए ।
उनको जस्तै भनाइ छ माछापोखरीकी ५५ वर्षीया भगवती न्यौपानेको पनि । उनले अहिलेका युवाले प्रेमलाई नबुझेको बताइन् । उनले भनिन् “अहिलेका युवा राम्रो देख्नेबित्तिकै मन पराउने र माया गाँस्ने अनि अलिकति खटपट भए मिलाउनुको साटो तुरुन्तै छाडिदिने र अर्कापट्टि लाग्ने फेसन बनेको छ । त्यसैले अहिले सम्बन्धबिच्छेद गर्ने युवाको सङ्ख्या बढ्दो छ ।”
खासगरी युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रूपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रूपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर