
चियरअप नेपालले टुँडिखेलमा आयोजना गरेको मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृतिको प्रदर्शन । तस्बिरः रासस
काठमाडौँ, २ फागुन । बुद्ध जन्मिएको देशबाट विश्वशान्तिको सन्देश दिन शनिबार टुँडिखेलमा मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृति प्रदर्शन गरियो ।
बुद्धभूमिबाट शान्तिको कामना गर्ने उद्देश्यले शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक बालबालिकाको स्वास्थ्य, शिक्षा, वातावरण अधिकारका लागि नेपाल (चियरअप नेपाल) ले पंक्तिबद्व मानव उभ्याएर बुद्धको चित्र निर्माण गरेको हो ।
सो आकृति निर्माणमा १० हजार युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष रिदम कार्कीले विश्वमा विभिन्न कारणले अशान्ति फैलिएको र त्यसको असर बालबालिकाको शिक्षामा परेकाले बुद्धमार्फत विश्वशान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “नेपाललगायत विश्वका विभिन्न देशमा अशान्तिका कारण बालबालिका र युवामा प्रत्यक्ष असर परिरहेको छ । भोलिको विश्व हाँक्ने कर्णधारको भविष्य कुनै पनि कारण खतरामा पार्नु हुँदैन ।”
साथै, विश्वशान्तिका दूत बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश पनि कार्यक्रमले दिन खोजेको संस्थाका सदस्य सुरज केसी बताउनुभयो ।
बालबालिकाका लागि स्वास्थ्य, शिक्षा र उचित वातावरणका लागि पनि संस्थाले कार्य गर्दै आएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार