
निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला बोखिम, झापामा उद्वव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जवप्रसाद बराल र धादिङमा रमेश धमला रहनुभएको छ ।
यस्तै काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी हुनुभएको छ ।
यसैगरी मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, वैतडीमा नरेन्द्रसिंह थापा र डडेलधुरामा कर्णबहादुर मल्ल सभापतिमा निर्वाचित हुनुभएको छ । झापाका थापा र पाल्पाका राना सर्वसम्मत सभापति चुनिनु भएको हो । लमजुङ, चितवन, बर्दिया, प्यूठान, बाँके र ललितपुरमा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः निर्वाचन हुनेछ ।
निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले शनिबारदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने र १० गतेसम्म सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । यस्तै ६५ जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । बारा, पर्सा, सर्लाही, धनुषा, सप्तरी, सिरहालगायतका केही जिल्लामा मधेस आन्दोलनले क्षेत्रीय निर्वाचन समेत हुनसकेको छैन ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको २६ गते निधन भएपछि फागुन १ गतेसम्मका लागि अधिवेशनका कार्यक्रम स्थगित गरिएको थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा