
काठमाडौँ, २८ माघ । सरकारले ६६औँ प्रजातन्त्र दिवस–२०७२ का अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले सम्बन्धित निकाय तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलका क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकमा लोकतान्त्रिक संविधान जारी भइसकेका अवस्थामा यसपटकको प्रजातन्त्र दिवसका अवसरमा संविधानको कार्यान्वयन पक्षलाई प्राथमिकता दिइने बताउनुभयो ।
‘प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमिति संयोजकसमेत रहनुभएका मन्त्री राईले फागुन ६, ७ र ८ गते तीनदिनसम्म प्रजातन्त्र दिवसलाई व्यापक प्रचारप्रसार र रचनात्मक ढङ्गले विभिन्न कार्यक्रमका साथ मनाइने जानकारी दिनुभयो ।
मन्त्रालयले प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक रेडियो प्रसारक सङ्घ, उपत्यका रेडियो प्रसारक सङ्घलगायतलाई प्रजातन्त्र दिवससम्बन्धी सन्देश प्रसारण गर्न आग्रह गरेको छ ।
राष्ट्रिय समाचार समितिलाई प्रजातन्त्र दिवससम्बन्धी समाचार सङ्कलन गरी वितरण र प्रजातन्त्रसम्बन्धी लेख रचना वितरण गर्न भनिएको छ ।
त्यसैगरी प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपाल, नेपाल टेलिभिजन तथा अन्य रेडियो र टेलिभिजनलाई प्रत्यक्ष प्रसारण गर्न भनिएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रभातफेरीको आयोजना गर्नेछ । गोरखापत्रलगायत अन्य छापामाध्यमले प्रजातन्त्र दिवससम्बन्धी समाचार, लेख रचना प्रकाशन गर्नुपर्नेछ ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?