
काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो ।
स्व. कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उहाँलाई १३ तोपको सलामी दिइएको थियो ।
यसअघि उहाँको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजाइएको ट्रक राखेर आर्यघाट ल्याइएको थियो ।
कोइरालाको शवयात्रामा हजारौँको सहभागिता
शवयात्रामा पार्टीका नेता कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवम् सर्वसाधारण गरी हजारौँको सङ्ख्यामा उपस्थिति थियो । यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
यात्राका क्रममा चोकचोकमा उपस्थित सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए । कोइरालाको पार्थिव शरीर राखिएको नेपाली सेनाको ट्रकमा काँग्रेस केन्द्रीय सदस्यद्वय शशाङ्क कोइराला र शेखर कोइराला, स्वकीय सचिव अतुल कोइराला, उहाँका भाञ्जा रमेश शर्मालगायत हुनुहुन्थ्यो ।
यसअघि कोइरालाको शवयात्रा दशरथ रङ्गशालाबाट त्रिपुरेश्वर–वीरअस्पताल–भोटाहिटी–दरबारमार्ग–कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए पनि अन्तिममा त्रिपुरेश्वर–थापाथली–सिंहदरबार–पुतलीसडक–कमलपोखरी हुँदै उल्लेखित मार्गबाटै पशुपति पु¥याइएको थियो ।
माघ २५ गते जिल्ला जिल्लामा अधिवेशनमा सक्रिय रहेका नेता कार्यकर्ता राति १२ः५० मा सभापति कोइरालाको निधनको खबरले मर्माहत बनेर शवयात्रामा सहभागी हुन काठमाडौँ आइपुगेको धादिङका नेता बद्री अर्यालले बताउनुभयो ।
“संविधानका निर्माता कोइरालाप्रति त्यतिबेला सच्चा श्रद्धाञ्जलि हुनेछ, जतिबेला असोज ३ गते उहाँको नेतृत्वको सरकार भएकाबेला जारी गरिएको संविधानको सफल कार्यान्वयन हुनेछ”– उहाँले भन्नुभयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव