
काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो ।
स्व. कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उहाँलाई १३ तोपको सलामी दिइएको थियो ।
यसअघि उहाँको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजाइएको ट्रक राखेर आर्यघाट ल्याइएको थियो ।
कोइरालाको शवयात्रामा हजारौँको सहभागिता
शवयात्रामा पार्टीका नेता कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवम् सर्वसाधारण गरी हजारौँको सङ्ख्यामा उपस्थिति थियो । यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
यात्राका क्रममा चोकचोकमा उपस्थित सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए । कोइरालाको पार्थिव शरीर राखिएको नेपाली सेनाको ट्रकमा काँग्रेस केन्द्रीय सदस्यद्वय शशाङ्क कोइराला र शेखर कोइराला, स्वकीय सचिव अतुल कोइराला, उहाँका भाञ्जा रमेश शर्मालगायत हुनुहुन्थ्यो ।
यसअघि कोइरालाको शवयात्रा दशरथ रङ्गशालाबाट त्रिपुरेश्वर–वीरअस्पताल–भोटाहिटी–दरबारमार्ग–कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए पनि अन्तिममा त्रिपुरेश्वर–थापाथली–सिंहदरबार–पुतलीसडक–कमलपोखरी हुँदै उल्लेखित मार्गबाटै पशुपति पु¥याइएको थियो ।
माघ २५ गते जिल्ला जिल्लामा अधिवेशनमा सक्रिय रहेका नेता कार्यकर्ता राति १२ः५० मा सभापति कोइरालाको निधनको खबरले मर्माहत बनेर शवयात्रामा सहभागी हुन काठमाडौँ आइपुगेको धादिङका नेता बद्री अर्यालले बताउनुभयो ।
“संविधानका निर्माता कोइरालाप्रति त्यतिबेला सच्चा श्रद्धाञ्जलि हुनेछ, जतिबेला असोज ३ गते उहाँको नेतृत्वको सरकार भएकाबेला जारी गरिएको संविधानको सफल कार्यान्वयन हुनेछ”– उहाँले भन्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार