काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वमा आज नेपाल आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको छ ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आएको सो प्रतिनिधिमण्डलले यसअघि आफ्नोतर्फबाट शोक जनाएको थियो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोइरालाको निधनको सन्दर्भमा शोक व्यक्त गर्न उहाँहरु आउनुभएको र अन्य विषयमा केन्द्रित भएर कुराकानी नभएको बताउनुभयो ।
भेटमा प्रधानमन्त्री ओलीले दुःखका बेला छिमेकीले साथ दिन्छन् भन्ने आफूले महसुस गरेको बताउनुभएको रिमालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे कुरा भयो की ? भन्ने प्रश्नमा रिमालले सोबारे सामान्य कुरा भएको र आगामी फागुन ७ गते साँझ प्रधानमन्त्री ओली भारत प्रस्थान गर्ने बताउनुभयो ।
भेटमा प्रधानमन्त्री ओलीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय हुनुहुन्थ्यो भने भारतीय पक्षबाट विदेशमन्त्री स्वराजका साथ आज आउनु भएका भारतीय काँग्रेसका तर्फबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल