सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: २१:१३ | UK Time: 16:28

प्रधानमन्त्री ओलीद्वारा नेता आचार्यको स्वास्थ्य स्थितिबारे जानकारी

वीनेपाली
२०७२ माघ २७ गते १:३४
काँग्रेस नेता एवम् पूर्व मन्त्री नरहरि आचार्य

काँग्रेस नेता एवम् पूर्व मन्त्री नरहरि आचार्य

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री नरहरि आचार्यको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको छ ।

आज साँझ न्युरो अस्पताल बाँसबारी पुगेर प्रधानमन्त्री ओलीले आचार्यको स्वास्थ्य अवस्था, उपचार प्रक्रियाका बारेमा जानकारी लिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेता आचार्यको स्वास्थ्य उपचारमा विशेष ध्यान दिनसमेत अस्पताल प्रशासन र उपचारमा सङ्लग्न चिकित्सकलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले पूर्व मन्त्री आचार्यको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभयो र उपचारमा विशेष सक्रियता अपनाउन अस्पताल प्रशासनलाई आग्रहसमेत गर्नुभयो”–प्रेस संयोजक अधिकारीले भन्नुभयो ।

यसैबीच उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार, नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल, नेपाली काँग्रेसका नेता गगन थापाले पनि नेता आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक