काठमाडौँ, २६ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनबाट सिङ्गो निजी क्षेत्र मर्माहत भएको जनाएको छ ।
महासङ्घले आज शोक वक्तव्य जारी गरी निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि सदा चिन्तित हुनुहुन्थ्यो भनेको छ । नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधारण योगदान पुरयाउनुभएका कोइरालाको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताउँदै महासङ्घले मुलुकको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाई सदैव प्रेरित गर्ने व्यक्ति देशले गुमाएको जनाएको छ ।
एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिमा सदा जोड दिँदै आउनुभएका कोइराला त्यसैलाई अनुसरण गरी मुलुकलाई अगाडि बढाउनुपर्नेमा सदैव लाग्नुभएको स्मरण गर्दै महासङ्घले संविधान जारी गर्न उहाँले निर्वाह गर्नुभएको भूमिकाको उच्च प्रशंसा गरेको छ ।
महासङ्घले संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी अब राजनीतिक दलका शीर्ष नेताको काँधमा आएको र त्यसलाई समयमै जिम्मेवारीपूर्वक सम्पन्न गरी राष्ट्रलाई समृद्ध बनाउने नेता कोइरालाको सपना साकार पार्न प्रमुख राजनीतिक दलका नेतालाई आह्वान गरेको छ ।
महासङ्घले स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक