
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा दशरथरङ्गशालामा मङ्गलबार पुष्पहार चढाएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा पुष्पहार चढाएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
राष्ट्रपतिले दिवङ्गत नेता कोइरालाको शव राखिएको स्थल दशरथरङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य र उपसभामुखले पनि स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
नेता कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् सर्वसाधारण, नेपाली काँग्रेस, भ्रातृ सङ्गठन लगायत उक्त दलका शुभेच्छुकले अहिले स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरिरहनुभएको छ ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा