
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा दशरथरङ्गशालामा मङ्गलबार पुष्पहार चढाएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा पुष्पहार चढाएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
राष्ट्रपतिले दिवङ्गत नेता कोइरालाको शव राखिएको स्थल दशरथरङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य र उपसभामुखले पनि स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
नेता कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् सर्वसाधारण, नेपाली काँग्रेस, भ्रातृ सङ्गठन लगायत उक्त दलका शुभेच्छुकले अहिले स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरिरहनुभएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित