काठमाडौँ, २५ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्ना भारतीय समकक्षी अरुण जेट्लीबीच आज भएको भेटवार्तामा अब भारतका निजी र सार्वजनिक लगानीकर्ताहरुले नेपालको उत्पादनशील क्षेत्रमा लगानी गर्न नेपालमा राम्रो वातावरण बनेको बताउनुभयो ।
मानसिंह रोडस्थित होटल ताजमा भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले गत वैशाखमा नेपालमा गएको भूकम्पमा भारत सरकार र भारतीय जनताले गरेको उद्धार सहयोग र पुनःनिर्माणमा दिइएको प्रतिज्ञाप्रति धन्यवाद व्यक्त गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा भारतीय अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।
भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको उल्लेख गर्नुभएको थियो ।
नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउन समेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा उहाँका समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको जनाइएको छ ।
आइतबार त्यसतर्फ जानुभएका अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरिसक्नुभएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव