
जिरी, २५ माघ । दोलखाको जिरीमा पुनः हिमपात भएको छ । यसअघि माघ १२ गते पनि जिरी क्षेत्रमा हिमपात भएको थियो । आज बिहानदेखि परेको वर्षसँगै दिउँसो १२ बजेदेखि जिरी र आसपासको क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमपातका कारण जिरीबाट विभिन्न ठाउँका लागि छुट्नु पर्ने यात्रुबाहक बस पनि प्रभावित बनेको छ । जिरीबाट रामेछापको बाम्तीभण्डार, प्रितीलगायतका क्षेत्रका लागि छुटेका यात्रुबाहक बस रामेछापको ठोसेमा रोकिएको छ भने जिरीबाटै दोलखाको श्यामा र मालीको लागि छुट्नु पर्ने यात्रुबाहक बस पनि जिरी बजारमा नै रोकिएको छ ।
हिमपातपछि अत्यधिक चिसोका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ भने विद्यालय पनि आज बन्द भएको छ । गत वैशाखको भूकम्पपछि जस्तापाता र त्रिपालको अस्थायी टहरामा बसोबास गर्दै आएका सर्वसाधारणको जनजीवन बढी प्रभावित बनेको हो । चिसोबाट बच्नका लागि सर्वसाधारणले आगो बालेर दिनभर घरभित्र नै बसेका छन् ।
जिरीको खावा, हनुमान्ते, च्योदुङ पटासे, ठूलोढुङ्गा, माली, श्यामा र रामेछापको तामेडाँडा, ठोसे, देउराली शेर्दिङ, गुम्देल गर्जाङलगायतको क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ