पोखरा, २५ माघ । यही माघ १८ गते राति आफ्नै घर पछाडि हत्या गरी फालिएकी योरुना पुनका हत्यारालाई पक्राउ गरी कास्की प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज यहाँ पत्रकार सम्मेलन गरी पुनको हत्यामा संलग्न भनिएका पोखरा–९ नयाँ बजारका २१ वर्षीय कीर्तन खड्गीलाई सार्वजनिक गरेको हो ।
घटनानुसार सो दिन बेलुका न्युरोडको एक रेस्टुरेन्टमा सँगै बसी मादक पदार्थ सेवन गरेका थिए । राति ९ बजेतिर अभियुक्त खड्गीले पुनलाई घर पुरयाउन आफ्नो मोटरसाइकलमा राखी नयाँगाउँतर्फ गएको र घर नजिकै पुगेपछि खड्गीले उनलाई “आज तिमी घर नजाऊ, लेकसाइडतिर घुमौंँ र त्यतै होटलमा बसौँ” भन्ने प्रस्ताव राखेकामा पुनले सिधै अस्वीकार गरेपछि उठी हेल्मेटले हानेर हत्या गरेको अभियुक्तले दिएको वयानमा उल्लेख छ ।
हेल्मेटको प्रहारपछि पुन ढलेको र निजको नाक र कानबाट रगत बगेको देखेपछि डराएर आफू भागेको बयानका क्रममा अभियुक्तले बताएको कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी गराए ।
मृतक पुन न्युरोडको स्माइल क्याफेमा कार्यरत तथा खड्गी गेम हाउस सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा