
प्रेस चौतारी नेपालको १८ औँ स्थापना दिवसका आज आयोजित चियापन समारोहमा उहाँले आफूले सरकार छाडेको दिन के काम गर्नुभयो भनी प्रश्न सोध्ने ठाउँ नहुने जिकिर दिँदै आफ्नो उद्देश्य काम गर्ने मात्र भएको बताउनुभयो ।
“अहिले प्राविधरकण बनेर पुनःनिर्माणको महाअभियान सुरु गरिसकेका छाँै, फागुन १२ देखि अभियान सुरु गरी चैत १२ मा केही र वैशाख १२ गतेदेखि पाँचवर्षीय पुरातात्विक सम्पदाको निर्माण अघि बढ्छाँै”–प्रधानमन्त्रीले भन्नुभयो ।
काठमाडौँमा मेट्रो रेल र विद्युतीय बस चलाउने, एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने र दुई वर्षभित्र देशलाई आत्मनिर्भर बनाउने योजना अघि सार्नुलाई उखानटुक्काका रुपमा नलिन उहाँले आग्रह गर्नुभयो । आफूले बोलेका कुराप्रति आफू जवाफदेही भएको बताउँदै प्रधानमन्त्री ओलीले थप्नुभयो,“अहिले मात्र हैन, १० २० वर्षअघि भनेको कुराको पनि म जवाफदेहिता लिन र जिम्मेवारी लिन तयार छु ।”
प्रधानमन्त्री ओलीले संविधान बनेर मात्र हैन, विकास निर्माण, राष्ट्रियता, आत्मनिर्भरता, वैदेशिक सम्बन्ध, राष्ट्रिय सार्वभौमसत्ताको जोगाउने सम्बन्धमा देश नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो ।
“जनताको प्रतिनिधिले संविधानसभाबाट संविधान बनाउने कुरा साधारण कुरा होइन”, नेकपा(एमाले)का अध्यक्ष ओलीले भन्नुभयो, “संवैधानिक हैसियतका साथ बनाएको संविधानले कसैले पनि अस्वीकार गर्न मिल्दैन ।”
प्रधानमन्त्रीले भन्नुभयो, “संवैधानिक तरिकाले बनाएको संविधानमा दुई चार जनाले जिद्दी गर्दैमा सबैले स्वीकार गर्नुपर्ने, ९० प्रतिशतले भनेको नहुने तर दुई चार जनाले भनेको मान्नुपर्ने, लोकतन्त्रमा यस्तो कहीँ पनि हुँदैन ।”
उहाँले आफू छिट्टै भारत र चीन भ्रमणमा जान लागेको र भ्रमणको खास अर्थ हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले चौतारी सदा पेसागत मर्यादा कायम राखी आकर्षणको केन्द्र बन्नुपर्नेमा जोड दिदै जायज र सम्भव हुने पत्रकारितासम्बन्धी माग सरकारले पूरा गर्ने आश्वासन दिनुभयो ।
सो अवसरमा नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराइैले पार्टी सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको र श्रमजीवी पत्रकाको हकहितमा लड्दै आएको बताउनुभयो ।
उहाँले मुलुक गम्भीर परिस्थितिबाट अगाडि बढिरहेको अवस्थामा पार्टीका अध्यक्षकै नेतृत्वमा वर्तमान सरकार अघि बढिरहेकाले मुलुकमा राष्ट्रिय एकता प्रवद्र्धन गर्न एमाले र सररकारको कार्यभार हो भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सन् २०१५ मा १३६ प्रृस स्वतन्त्रता हननका घटना भएको बताउँदै तराईको पछिल्लो आन्दोलनमा मात्र ११४ घटना भएको जानकारी दिनुभयो ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्याल र महासचिव माधव नेपालले संविधानको प्रचारमा अगुवाइ, मर्यादित र विश्वासिलो पत्रकारिता, तालिम र पुनःनिर्माणमा अभियान सञ्चालन गर्नाका साथै चौतारीको एउटा केन्द्रीय भवन बनाउने समेत योजना रहेको बताउनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार