
काठमाडौँ, २२ माघ । राजधानीमा आज भूकम्पको धक्का महसुस गरियो । गोरखा भूकम्प गएको १० महिना बित्न लाग्दासमेत परकम्प आउने क्रम रोकिएको छैन ।
आज राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.५ रिक्टर स्केलको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर अर्को परकम्प गएको हो । उहाँले आजको भूकम्प नयाँ नभएको बताउनुभयो ।
रातको समयमा भूकम्प आएका कारण नागरिक भने डर र त्रासका कारण सडकमा निस्किएका छन् । गोरखा भूकम्पपछि हालसम्म ४२८ वटा चार रिक्टर स्केलमाथिका परकम्प गएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग