
काठमाडौँ, २२ माघ । राजधानीमा आज भूकम्पको धक्का महसुस गरियो । गोरखा भूकम्प गएको १० महिना बित्न लाग्दासमेत परकम्प आउने क्रम रोकिएको छैन ।
आज राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.५ रिक्टर स्केलको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर अर्को परकम्प गएको हो । उहाँले आजको भूकम्प नयाँ नभएको बताउनुभयो ।
रातको समयमा भूकम्प आएका कारण नागरिक भने डर र त्रासका कारण सडकमा निस्किएका छन् । गोरखा भूकम्पपछि हालसम्म ४२८ वटा चार रिक्टर स्केलमाथिका परकम्प गएका छन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन