
पर्सा, २१ माघ । वीरगन्जको मितेरीपुलमा मधेसवादी दलले गर्दै आएको नाका अवरोध सर्वसाधारणले आज खोलेका छन् ।
मितेरी पुलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ता नभएको बेला सर्वसाधारणले पुलमा रहेका आन्दोलनकारीका टेन्टलाई हटाई अवरुद्ध नाका सञ्चालन गरेका हुन् । नेपालका अन्य सबै नाका खुल्ला रहेको अवस्थामा वीरगन्ज नाकालाई मात्र बन्द गरी यस भेगका जनतालाई दुःख दिन नहुने भन्दै सर्वसाधारणले मितेरीपुलमा रहेका आन्दोलनकारीका टेन्ट, ढाट सबै हटाएर नाकालाई सञ्चालन गराएका छन् ।
संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत १३५ दिनदेखि वीरगन्जको मितेरीपुलमा धर्ना बसी नाका अवरुद्ध गर्दै आएका थिए । नाका सञ्चालन भएपछि लामो समयदेखि रक्सौलमा थन्किएका नेपाली वाहन वीरगन्जतर्फ आएका छन् भने वीरगन्जमा थन्किएका भारतीय वाहन पनि रक्सौलतर्फ गएको सीमा प्रहरी चौकी इनर्वाले जनाएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त