
इटहरी, २२ माघ । इटहरी उपमहानगरपालिका– १ स्थित मुख्य चोकको एक व्यापारिक भवनमा हिजो साँझ भएको आगलागीमा कम्तीमा रु ४० करोड मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीलाई प्राप्त विवरण अनुसार आगोले सबैभन्दा बढी व्यापारी श्याम पालको मात्रै रु २५ करोड मूल्य बराबर सामान नोक्सानी भएको छ ।
इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउनुभयो ।
आगलागीमा परी राजकुमार लिम्बुको पाँचतले व्यापारिक भवन ध्वस्त भएको छ । लिम्बुको घरसँगै जोडिएको कालीप्रसाद पोख्रेलेको घरमा पनि ठूलो नोक्सानी पुगेको छ । यी दुई घरको मात्र करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको बताइएको छ ।
आगलागीबाट कम्तीमा एकसयभन्दा बढी व्यापारिक पसलमा नोक्सानी पुगेको छ । दुई–तीन तलासमम्म आगो फैलिएको थियो । हिजो कोही पनि व्यापारी पसलमा नरहेकाले मानवीय नोक्सानी भने हुन पाएन ।
व्यापारीबाट विस्तारै नोक्सानीको विवरणसहित निवेदन आउन थालेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगोलाई राति १०ः३० बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीय व्यापारीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाईँले बताउनुभयो ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]