
काठमाडौँ, २२ माघ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि आज मुलुकभर एकसाथ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ ।
काँग्रेसले हाल कायम २४० निर्वाचन क्षेत्रअनुसार नै शुक्रबार क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको चयन गर्दैछ । आज हुने सो अधिवेशनले यसबाहेक महाधिवशेन प्रतिनिधिमध्येबाट महासमिति सदस्य र क्षेत्रस्तरबाट जिल्ला कार्यसमितिमा चयन हुने जिल्ला सदस्यको पनि निर्वाचन गर्नेछ ।
बारा र एक निर्वाचन क्षेत्र भएका जिल्ला बाहेक जिल्लाका करिब २२० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन भइरहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राससलाई जानकारी गराउनुभयो ।
एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी लगभग २० निर्वाचन क्षेत्रमा भने यही माघ २५ गते निर्वाचन हुनेछ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुन्छ ।
आजको निर्वाचनमा सम्बन्धित क्षेत्रका नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा गाउँ कार्य समिति, नगर वडा र नगर कार्यसमितिका सभापति, सो क्षेत्रका सांसद एवम् संविधानसभाको पछिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट पार्टीको उम्मेदवार भएको व्यक्ति, सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यले भाग लिँदैछन् ।
माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको काँग्रेसले जिल्ला अधिवेशन भने माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ । १३ औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।
पार्टीको विधानअनुसार क्षेत्रीय अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट एक सभापति, एक सचिव र एक कोषाध्यक्ष तथा नौ सदस्य निर्वाचित हुनेछन् । त्यस्तै क्षेत्रीय अधिवेशनले आफ्ना सदस्य मध्येबाट महाधिवेशनका लागि कम्तीमा दुई महिला, एक दलित, एक आदिवासी÷जनजाति, एक मधेसी वा मुस्लिम वा अल्पसङ्ख्यकसहित ११ जना प्रतिनिधिको चयन गर्नेछ । क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुन्छ ।
क्षेत्रीय अधिवेशनका सदस्यले महाधिवेशन प्रतिनिधिमध्येबाट महासमितिका लागि कम्तीमा एक महिलासहित पाँचजना सदस्यको निर्वाचन पनि गर्ने पार्टीको विधानमा व्यवस्था छ ।
यो अधिवेशनमा क्षेत्रीय अधिवेशनका सदस्यले आफूमध्येबाट महिला, दलित, आदिवासी÷जनजाति, मधेसी वा मुस्लिम वा अल्पसङ्ख्यकसहित जिल्ला कार्यसमितिका सदस्य पनि निर्वाचित हुन्छन ।
आज हुने क्षेत्रमा निर्वाचनको प्रक्रिया सुरु भई अधिकांशको परिमाण आजै आउने जनाइए पनि केही क्षेत्रमा भोलिसम्म प्रक्रिया लम्बिन सक्ने निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताउनुभयो ।
महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय कार्यसमितिको चयन गर्ने भएकाले आजको निर्वाचनलाई काँगे्रसमा ठूलो महत्वका साथ हेरिएको छ ।
काँग्रेसमा केन्द्रीय कार्यसमितिका ८५ जना पदेन महाधिवेशन प्रतिनिधि, २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८८० जना र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा तीन हजार दुई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । काँग्रेसमा हाल २५ जनसम्पर्क समिति, १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् ।
काठमाडौँमा चुनावी रन्को
मुलुकको सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौँका १० निर्वाचन क्षेत्रमा काँग्रेसको क्षेत्रीय अधिवेशन धूमधामका साथ हुँदैछ ।
सबै क्षेत्रमा उत्साहका साथ निर्वाचन भइरहेको काठमाडौँका प्रमुख अधिकृत श्यामराज ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँको निर्वाचन क्षेत्र नं– १ को बबरमहल, २ को थली, ३ को नयाँपाटी, ४ को वनकाली, ५ को नेपाल महिला सङ्घको केन्द्रीय कार्यालय, ६ को गोङ्गबु, ७ को वनस्थली, ८ को भीमसेनस्थान, ९ को कलङकी र १० को न गाउँ कीर्तिपुरमा निर्वाचन भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौँमा आज १० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले १२० जना महाधिवशेन प्रतिनिधि, महाधिवेन प्रतिनिधिमध्येबाट ६० जना महासमिति सदस्य तथा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका सदस्यको निर्वाचन हुनेछ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक