
काठमाडौँ, २२ माघ । काठमाडौँ उपत्यकामा नौवटा सडक विस्तारको काम सम्पन्न भएको छ ।
लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठ ८.३५० किमी, गौशाला–बानेश्वर–शङ्खमूल ३.४३० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, माइतीघर–तीनकुने २.६०० किमी, डिल्लीबजार–भाटभटेनी–बालुवाटार ३.२३० किमी, कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, काठमाडौँ प्लाजा–जयनेपाल ०.४०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मुख्यद्वार २.२०० किमी र धुम्बाराही–मण्डिखाटार–गोल्फुटार २.४०० किमी लामो सडक विस्तारको काम सम्पन्न भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
दोस्रोचरणमा निर्माण सुरु भएका १० वटा सडक आयोजना भारतको अघोषित नाकाबन्दीसँगसँगै पेट्रोलियम पदार्थको अभावमा अलपत्र परेको आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
“सिनामंगल, बागबजार, जडीबुटी, पेप्सीकोला, विष्णुमती कोरिडोरको बालाजुपुल, शोभाभगवती, त्रिभुवनविश्वविद्यालय मुख्यद्वार, ल्याबोरेटोरी विद्यालय, गौशाला र एयरपोर्टको पैदलमार्ग निर्माण, बुद्धनगर–शङ्खमूल र तीनकुनेको राजा जनक मार्ग निर्माण कार्य डिजेलकै अभावले रोकिएको छ” – उहाँले भन्नुभयो ।
यी सडक पूरा गर्न रु दुई लाख ९० हजार लिटर डिजेल र ८२ हजार लिटर मट्टितेल आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसवर्ष त्रिपुरेश्वर– कलङ्की–नागढुङ्गा १२ किमी र साँखु–चावहिल १२ किमी सडक विस्तारका लागि ठेकेदार छनोट गरी काम सुरु गरिएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल