
उपत्यकामा ९ वटा सडक विस्तार, १० वटा अलपत्र
काठमाडौँ, २२ माघ । काठमाडौँ उपत्यकामा नौवटा सडक विस्तारको काम सम्पन्न भएको छ ।
लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठ ८.३५० किमी, गौशाला–बानेश्वर–शङ्खमूल ३.४३० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, माइतीघर–तीनकुने २.६०० किमी, डिल्लीबजार–भाटभटेनी–बालुवाटार ३.२३० किमी, कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, काठमाडौँ प्लाजा–जयनेपाल ०.४०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मुख्यद्वार २.२०० किमी र धुम्बाराही–मण्डिखाटार–गोल्फुटार २.४०० किमी लामो सडक विस्तारको काम सम्पन्न भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
दोस्रोचरणमा निर्माण सुरु भएका १० वटा सडक आयोजना भारतको अघोषित नाकाबन्दीसँगसँगै पेट्रोलियम पदार्थको अभावमा अलपत्र परेको आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
“सिनामंगल, बागबजार, जडीबुटी, पेप्सीकोला, विष्णुमती कोरिडोरको बालाजुपुल, शोभाभगवती, त्रिभुवनविश्वविद्यालय मुख्यद्वार, ल्याबोरेटोरी विद्यालय, गौशाला र एयरपोर्टको पैदलमार्ग निर्माण, बुद्धनगर–शङ्खमूल र तीनकुनेको राजा जनक मार्ग निर्माण कार्य डिजेलकै अभावले रोकिएको छ” – उहाँले भन्नुभयो ।
यी सडक पूरा गर्न रु दुई लाख ९० हजार लिटर डिजेल र ८२ हजार लिटर मट्टितेल आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसवर्ष त्रिपुरेश्वर– कलङ्की–नागढुङ्गा १२ किमी र साँखु–चावहिल १२ किमी सडक विस्तारका लागि ठेकेदार छनोट गरी काम सुरु गरिएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति