लन्डन । निजी भ्रमणका सिलसिलामा लन्डन आएका बेला नेपालका एकमात्र अर्वपति विनोद चौधरीसंग यहांका व्यापारीले भेटेका छन् । चौधरी ग्रुपका अध्यक्ष चौधरी बसेको ताज होटलमा गएर व्यवसायीले बुधवार दिउसो उनलाई भेटेका हुन् ।
भेटमा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सफल व्यवसायीहरु उत्तम नेपाल, पशुपति भण्डारी, वी पी खनाल, किशोर सापकोटा, अमोल गुरुंग, प्रशान्त कुंवर लगायत थिए । कुंवरले भेटघाटको प्रवन्ध मिलाएका हुन् ।
करिब डेढ घण्टा लामो छलफलमा नेपालमा लगानीका सम्भाव्यता र भारतको अघोषित नाकाबन्दीले पारेको प्रभावबारे छलफल भएको एक सहभागीले जनाए । सहभागीबीच दवाव समूह गठन गरेर नाकाबन्दी खुलाउन पहल गरिनुपर्ने चर्चा चलेको थियो । चौधरी बुधवार सांझ नै नेपाल फर्किएका छन् ।
यसैबीच, उद्योगपति चौधरीलाई पितृशोक परेको छ । उनका बुवा लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन