लन्डन । निजी भ्रमणका सिलसिलामा लन्डन आएका बेला नेपालका एकमात्र अर्वपति विनोद चौधरीसंग यहांका व्यापारीले भेटेका छन् । चौधरी ग्रुपका अध्यक्ष चौधरी बसेको ताज होटलमा गएर व्यवसायीले बुधवार दिउसो उनलाई भेटेका हुन् ।
भेटमा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सफल व्यवसायीहरु उत्तम नेपाल, पशुपति भण्डारी, वी पी खनाल, किशोर सापकोटा, अमोल गुरुंग, प्रशान्त कुंवर लगायत थिए । कुंवरले भेटघाटको प्रवन्ध मिलाएका हुन् ।
करिब डेढ घण्टा लामो छलफलमा नेपालमा लगानीका सम्भाव्यता र भारतको अघोषित नाकाबन्दीले पारेको प्रभावबारे छलफल भएको एक सहभागीले जनाए । सहभागीबीच दवाव समूह गठन गरेर नाकाबन्दी खुलाउन पहल गरिनुपर्ने चर्चा चलेको थियो । चौधरी बुधवार सांझ नै नेपाल फर्किएका छन् ।
यसैबीच, उद्योगपति चौधरीलाई पितृशोक परेको छ । उनका बुवा लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?