
काठमाडाँै, २१ माघ । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास आयोजना कार्यान्यवन गर्न रु दुई अर्ब ५१ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।
ऊर्जा उत्पादनको क्षेत्रमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरका जलविद्युत् एवम् प्रसारण लाइन परियोजनाको तयारी र योजना तर्जुमा गर्न उक्त बैंकले सरकारलाई ऋण प्रदान गर्न लागेको हो ।
तीन सय ३६ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना, ३० मेगावाटको इखुवा खोला आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रको तयारी, वातावरणीय एवम् सामाजिक प्रभाव मूल्याङ्कनका निम्ति विज्ञ टोली परिचालन प्रसारण लाइन परियोजनाको आधारभूत प्रारुप निर्माणमा ऋण रकम उपयोग गरिनेछ ।
एकीकृत जलस्रोत विकास एवम् व्यवस्थापन, जलस्रोत तथा जलविद्युत् विकाससम्बन्धी नियामक निकायहरुको संस्थागत सुधार, नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनालगायत दिगो जलविद्युत् विकासका अन्य अयोजनामा उक्त रकम खर्च गरिनेछ । ऋण सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा यहाँस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने