
काठमाडाँै, २१ माघ । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास आयोजना कार्यान्यवन गर्न रु दुई अर्ब ५१ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।
ऊर्जा उत्पादनको क्षेत्रमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरका जलविद्युत् एवम् प्रसारण लाइन परियोजनाको तयारी र योजना तर्जुमा गर्न उक्त बैंकले सरकारलाई ऋण प्रदान गर्न लागेको हो ।
तीन सय ३६ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना, ३० मेगावाटको इखुवा खोला आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रको तयारी, वातावरणीय एवम् सामाजिक प्रभाव मूल्याङ्कनका निम्ति विज्ञ टोली परिचालन प्रसारण लाइन परियोजनाको आधारभूत प्रारुप निर्माणमा ऋण रकम उपयोग गरिनेछ ।
एकीकृत जलस्रोत विकास एवम् व्यवस्थापन, जलस्रोत तथा जलविद्युत् विकाससम्बन्धी नियामक निकायहरुको संस्थागत सुधार, नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनालगायत दिगो जलविद्युत् विकासका अन्य अयोजनामा उक्त रकम खर्च गरिनेछ । ऋण सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा यहाँस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]