लण्डन । भारतले ब्रुनाइको सुरक्षाका लागि गोरखा सैनिक पठाउन प्रस्ताव राखेको छ ।
ब्रुनाइ भ्रमणमा रहेका भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले ब्रुनाइका सुल्तानसमक्ष सो प्रस्ताव राखेका हुन् ।
भारतीय मिडियाको हवाला दिँदै द टेलिग्राफले यसबारे बुधबार समाचार प्रकाशन गरेको छ ।
भारतको यो प्रस्तावसँगै बेलायतको एसियामा रहेको अन्तिम सैनिक पोष्टको भविष्यलाई जोखिममा पारेको छ ।
अहिले बेलायतले ब्रुनाइमा १ हजार गोरखा सैनिक उपलब्ध गराउँदै आएको छ ।
ब्रुनाइ करिब एक शताब्दीसम्म बेलायतको सुरक्षा छातामा थियो । सन् १९८४ मा स्वतन्त्र भएयता सैनिक सुरक्षा उपलब्ध गराए वापत ब्रुनाइले बेलायतलाई पैसा तिर्दै आएको छ ।
पछिल्ला वर्षहरुमा ब्रुनाइ भारत र चीनसित साउथ चाइना सीका बारेमा विवादमा पर्दै आएको छ ।
भारतीय पत्रिका इण्डियन एक्सप्रेसका अनुसार भारतले सेवानिवृत्त गोरखा सैनिकहरुलाई पनि ब्रुनाइको सुरक्षामा उपलब्ध गराउन सक्ने प्रस्ताव राखेको थियो । जसले हाल बेलायतले उपलब्ध गराउँदै आएको सेवालाई विस्थापित गर्ने छ ।
यदि भारतको प्रस्ताव ब्रुनाइले स्वीकार गरेमा बेलायतले पाउँदै आएको दशौँ लाख पाउण्ड गुमाउने छ । ब्रुनाइले सो वापत १ हजार ब्रिटिश सैनिक उपलब्ध गराउने गरेको छ ।
तेलको धनी ब्रुनाइ अहिले तेलको मूल्यमा आएको विश्वव्यापी गिरावटका कारण सुरक्षा खर्च कटौती गर्न सोचिरहेको अवस्थामा भारतको सो प्रस्ताव आएको हो ।
हालै हस्ताक्षर गरिएको सम्झौता अनुसार ब्रुनाइको प्रतिनिधिमण्डल सम्भावित सहयोगका क्षेत्रका बारेमा बुझ्न भारत जाने भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सो प्रस्ताव पेश गरिएको इन्कार नगरे पनि ठोस प्रस्ताव नभएको प्रष्ट्याए । उनले सैनिकभन्दा पनि अंगरक्षक पठाउन सकिने बताए ।
आधिकारिक भ्रमणको अन्त्यमा बुधबार हस्ताक्षर गरिएको दुईपक्षीय सुरक्षा सम्झौतामा चीनसित विवादित समुन्द्री तटमा संयुक्त सैनिक तालिम र अभ्यास गर्ने लगायतका छन् ।
भारत अहिले दक्षिण पूर्वी एसियाका मुलुकहरुसित दरिलो सम्बन्ध बनाउन लागि परेको छ । चीनलाई टक्कर दिन पनि भारतले सो नीति लिएको हो ।
भारतले ब्रुनाइबाट ठूलो परिमाणमा इन्धन आयात गर्ने गरेको छ भने ब्रुनाइमा करिब १० हजार भारतीय परिवार रहेको बताइन्छ ।
गत वर्ष बेलायत भ्रमणमा आएका ब्रुनाइका सुल्तानले रोयल गोरखा राइफल्सलाई थप पाँचवर्ष ब्रुनाइमा राख्न सम्झौता नविकरण गरेका थिए ।
बेलायतले एक बटालियन गोरखा सैनिक ब्रुनाइमा राख्ने गरेको छ भने अर्को बटालियन बेलायतको फोल्कस्टनमा । यसबाहेक पूर्व गोरखा सैनिकहरुलाई समेटेर ब्रुनाइमा गोरखा रिजर्भ युनिट पनि खडा गरिएको छ ।
बेलायती रक्षा स्रोतका अनुसार भारतसित सम्झौता भइहालेमा सेवारत गोरखा सैनिकलाई नभई गोरखा रिजर्भ युनिटलाई प्रभावित बनाउन सक्ने छ ।
बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले कुनै पनि देशबाट सुरक्षा सेवा लिनु ब्रुनाइ सरकारको तजबिजको कुरा भएको बताए ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त