काठमाडौँ, २० माघ । प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एक दुई दिनभित्र पुनः वार्ता हुने भएको छ ।
लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले आफ्ना घोषित सात दिने आन्दोलनका कार्यक्रम सकेसँगै वार्ता प्रक्रिया सुरु गर्न लागेको हो ।
मोर्चा घटक दलका अध्यक्षहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव भोलिसम्म काठमाडौँ आउने बताइएको छ ।
वार्ताका लागि गठित कार्यदलका दुई सदस्य नेपाली काँग्रेसका नेता महेश आचार्य र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता हृदयेश त्रिपाठी राजधानी बाहिर रहेकाले पनि वार्ता हुन सकेको छैन् ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाका शीर्ष नेता राजधानी आएसँगै वार्ता प्रक्रिया सुरु हुने राससलाई जानकारी दिए । उनले जारी आन्दोलनको स्वरुप परिवर्तनबारे पनि दुई दिनभित्रै मोर्चाको बैठक बसेर साझा धारणा तय गर्ने बताए ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए