काठमाडौँ, २० माघ । प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एक दुई दिनभित्र पुनः वार्ता हुने भएको छ ।
लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले आफ्ना घोषित सात दिने आन्दोलनका कार्यक्रम सकेसँगै वार्ता प्रक्रिया सुरु गर्न लागेको हो ।
मोर्चा घटक दलका अध्यक्षहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव भोलिसम्म काठमाडौँ आउने बताइएको छ ।
वार्ताका लागि गठित कार्यदलका दुई सदस्य नेपाली काँग्रेसका नेता महेश आचार्य र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता हृदयेश त्रिपाठी राजधानी बाहिर रहेकाले पनि वार्ता हुन सकेको छैन् ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाका शीर्ष नेता राजधानी आएसँगै वार्ता प्रक्रिया सुरु हुने राससलाई जानकारी दिए । उनले जारी आन्दोलनको स्वरुप परिवर्तनबारे पनि दुई दिनभित्रै मोर्चाको बैठक बसेर साझा धारणा तय गर्ने बताए ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन