लन्डन । बेलायतवासी नेपालीको आर्थिक सहयोगमा दाङका अनाथ एवं असहाय वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । भूकम्पपश्चात टुहुरा र विचल्ली भएका वालवालिकालाई जाडो छल्न न्यानो कपडा बांडिएको हो ।
एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राईको पहलमा पूर्व सभासद शान्ता चौधरीले संरक्षण दिंदै आएका दाङका असहाय, विपन्न तथा अनाथ एकसय वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
राईसहित बेलायत र अन्य मुलुकमा बस्ने रञ्जु क्षेत्री, टिबी कार्की, सन्तोस भट्टराई, गोविन्दप्रसाद गौतम, मन भुर्तेल, गणेश रामदान, रामेश्वर गौतम, सुभास न्यौपाने, राजेन्द्र पुडासैनी, कल्याण गुरुङ, मुना थुलुङ, कल्पना आङवुहाङ, जोशना तुम्वाहाम्फे, सिन्धु श्रेङ, जोनी पहारी, शान्ति थापा कुंवर, सुशिला राई, योशु लिम्बु, मोतिहाङ राई, निर्मला राई, सुधिन राई, दौलत राई, अर्चना तुम्बाहाम्फे लगायतले आर्थिक सहयोग गरेका हुन् ।
राईको आर्थिक सहयोगमा बुधवार पनि जनता प्रावि र भूमि निमाविका स साना असहाय तथा अनाथ वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । कपडा वितरणपछि पूर्व सभासद चौधरीले राईसहित सहयोगी मनहरु सबैप्रति आभार व्यक्त गरेकी छिन् ।
‘आज उनीहरुलाई स्वेटर बांड्दा बालबालिकाले मलाई सम्झिए रे । म भौतिक रुपमा सात समुन्द्र पारी छु तर मेरो मन तिनै बालबालिकासंगै छ’, राईले भनेकी छिन्, ‘भविष्यका कर्णाधार मानिएका यी बालबालिका नेपालका प्रतिनिधि बालबालिका हुन् तर त्यस्ता लाखौं बालबालिकाको हालत नेपालमा विजोग छ । नागरिकलाई जाडो छेक्न कपासको व्यवस्था गर्न नसक्ने राज्यको निन्दा गरेर पनि अब थाकियो । अब आफ्नै ठाउंबाट कति सकिन्छ अपिल गरेरै भएपनि पहल गरेकी छु ।’
सामाजिक अभियन्ता चौधरीले बालबालिका चिसोले कठ्यांग्रिएको खवर बताएपछि थोरै भएपनि सहयोग संकलन गरिएको राईले जनाइन् ।
राईले दाङ जिल्लाको पहाडी सैघा गाविस ७ स्थित प्राथमिक विद्यालय काउली चौरमा ५० हजारको अक्षय कोष स्थापना घोषणा गरेकी थिइन् । उनले उक्त कोषमा ५ लाख रुपैंया पुर्याउने लक्ष्य राखेको बताएकी छिन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय