लन्डनमा युवाहरुको पहल : नेपालबारे ‘वार्ता’

KCL Nepal Talk
लन्डन । बेलायतमा भएका नेपालीमुलका युवाहरुलाई न त नेपालमा पाइने अवसरहरु बारे ज्ञान छ, न आफ्नो मुलुकको शासन प्रणालीबारे  जानकारी नै । युकेमा जम्मेहुर्केका नेपाली युवाहरूकाे जिज्ञासाहरुलाई मेटाउने उदेश्यले किंग्स कलेज नेपाली साेसाइटीले यही फेब्रुअरी ९ तारिखका दिन ‘नेपालबारे वार्ता’ कार्यक्रम अायाेजना गरेकाे छ ।
न्यू हंट्स हाउस लेक्चरर थियटरमा हुने सो वार्ताले युवा मनका धेरै जिज्ञासाहरुकाे जवाफ दिने अाशा गरिएकाे छ।
नेपालमा कामको अवशर-अनुभव लगायत गतसाल नेपालमा गएको भिषण भुकम्पको प्रकोपले तहसनहस भएका जनजीवनका नेपाली अनुभवबारे पनि छलफल हुनेछ। उक्त वार्ताका लागि निम्त्याईएका चार युवा वक्ताहरुले उक्त बिषयमा बोल्नेछन्। सामान्यतया समाजमा प्रतिष्ठित व्यक्तिहरुले यस्ता बिषयहरुमा बोल्ने गरेको देखिन्छ, तर आयोजकहरु युवा धारणा सुन्न चाहन्छन्। त्यसैले, उनीहरुले सोही क्षेत्रसंग सम्बन्धित युवा वक्ताहरु निम्त्याएका छन् जसले गर्दा सो विषयसंग सरोकार राख्ने बिद्यार्थीहरुका लागि हौसला र दोहोरो-वार्ता सहज पार्ने छ ।
वार्तामा लन्डन स्कुल अफ एकोनोमिक्समा ‘कन्फ्लिक्ट स्टडिज’ एमएस्सीमा अध्यनरत् बिद्यार्थी श्रेय पौड्यालले  नेपाल कसरी संचालित छ  भन्ने बारेमा बाेल्ने छन्  । नेपाली राजनीतिप्रति बिशेष रुझान राख्ने उनले नेपालको बर्तमान राजनीति अवस्था साथै हालै जारी नेपाली संबिधानबारे समीक्षा गर्नेछन् ।
अर्की वक्ता किंग्स कलेज, लन्डनमा हाल ‘ग्लोबल मेन्टल हेल्थ’ बिषयक एमएस्सी अध्ययनरत दृस्टी गुरुङ रहेकी छिन् । उनी द्वन्द्वपछिको ‘मनो सामाजिक एबं मानसिक स्वास्थ्य’ सम्बन्धिको अनुसन्धान एबं महिला आप्रबासी कामदारहरु लगायत मानव-तस्करीदेखि बाँचेकाहरुसित संग्लन रहँदै आएकी छिन् । हाल उनी न्यून तथा मध्यम आय भएका रास्ट्रका बढ्दो मानसिक स्वास्थ्य प्रणालीबारे अध्ययन गरिरहेकी छिन् ।
अर्का वक्ता लेक्स लिम्बुले नेपालमा एक बर्षे आफ्नो अनुभवबारे बताउनेछन् । नेपालमा १३ महिना बिताएका लेक्सले नेपालमा सुक्षम-उद्यमी बिकास परियोजनामा बिभिन्न पदमा कामको अनुभव संगाल्नुका अलवा यात्रासम्बन्धि स्वयंसेवी संस्थाको पहल गरेका छन्। उनको यात्रासम्बन्धि संस्था ट्रयासिङ नेपालले प्रवासमा भएका नेपालीहरुलाई नेपालबारे थप खोज गर्नका लागि अवसर प्रदान गर्दछ। उनले नेपालमा बिताएका अनुभवहरुबारे बोल्नेछन् ।
अर्की वक्ता पुनम राईले भूकम्प पश्चात राहत कार्यका बारेमा प्रकाश पार्नेछिन् । सर्रे युनिभर्सिटीबाट ‘अन्तराष्ट्रिय सम्बन्ध’ मा हालसालै एमएस्सी अध्ययन समापन गरेकी उनी गत सालको भूकम्पपछि राहत सहयोग प्रयासका लागि नेपाल भ्रमणमा गएकी थिइन्। नेपालमा आफूले गरेको काम अनि त्यतिबेलाका अनुभवहरु बारे उनले बोल्ने छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री