
काठमाडौँ, २० माघ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्रीलाई भारतीय राष्ट्रपतिले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
नेपाल र भारतबीच दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक चलन रही आएको छ ।
प्रधानसेनापति क्षत्रीले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण गर्ने कार्यक्रमअन्तर्गत प्रधानसेनापति क्षत्रीले भोलि मध्य प्रदेशको इन्दौरस्थित आर्मी वार कलेजको भ्रमण गर्नुहुनेछ ।
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार