काठमाडौँ, १९ माघ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु)को यही माघ २७ गतेदेखि काठमाडौँमा हुने २२ राष्ट्रिय महाधिवेशनमा एक हजार ५५० प्रतिनिधि हुने भएका छन् ।
देशभरका सबै जिल्ला र क्याम्पसबाट गरी ती प्रतिनिधि चयन भएको र महाधिवेशनको अन्य तयारी अन्तिम चरणमा पुगेको सङ्गठनका महासचिव तथा प्रतिनिधि व्यवस्थापन समितिका संयोजक नवीना लामाले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि उपाध्यक्ष दीपक गौतमको संयोजकत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष ऐन महरको संयोजकत्वमा प्रचार तथा जन परिचालन समिति, उपाध्यक्ष थोमस बाँस्तोलाको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ ।
‘प्राज्ञ र परिश्रमी जनशक्ति राष्ट्र निर्माणको आधार सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ नारा सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २७ गते भृकुटीमण्डपमा गर्ने कार्यक्रम छ ।
सम्मेलनले १४१ सदस्यीय र तीन केन्द्रीय आयोगमा निर्वाचित गर्नेछ । सङ्गठनको भावी अध्यक्ष लामा र गौतमको प्रतिस्पर्धा हुने देखिएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]