काठमाडौँ, १९ माघ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु)को यही माघ २७ गतेदेखि काठमाडौँमा हुने २२ राष्ट्रिय महाधिवेशनमा एक हजार ५५० प्रतिनिधि हुने भएका छन् ।
देशभरका सबै जिल्ला र क्याम्पसबाट गरी ती प्रतिनिधि चयन भएको र महाधिवेशनको अन्य तयारी अन्तिम चरणमा पुगेको सङ्गठनका महासचिव तथा प्रतिनिधि व्यवस्थापन समितिका संयोजक नवीना लामाले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि उपाध्यक्ष दीपक गौतमको संयोजकत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष ऐन महरको संयोजकत्वमा प्रचार तथा जन परिचालन समिति, उपाध्यक्ष थोमस बाँस्तोलाको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ ।
‘प्राज्ञ र परिश्रमी जनशक्ति राष्ट्र निर्माणको आधार सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ नारा सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २७ गते भृकुटीमण्डपमा गर्ने कार्यक्रम छ ।
सम्मेलनले १४१ सदस्यीय र तीन केन्द्रीय आयोगमा निर्वाचित गर्नेछ । सङ्गठनको भावी अध्यक्ष लामा र गौतमको प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा