लन्डन । सन् २०१० देखि बेलायतको लेबोर पार्टीमा संलग्न एक जना भूतपूर्व नेपाल प्रहरी अधिकृत शिवजी श्रेष्ठ बेजिङस्टोक लेबोर पार्टीको स्थानीय काउन्सिलरका उम्मेदवार छान्ने छनोट बोर्ड सदस्यमा मनोनित भएका छन् ।
लामो समय वेल्स्मा बस्दा स्थानीय लेबोर पार्टीको मेम्बरसिप सेक्रेटरी रहेका उनी हाल बेजिङस्टोक लेबोर पार्टीको ब्ल्याक एसियन एथ्निक माइनोरिटी अफिसर प्रमुख भएकै हैसियतमा छनौट बोर्डमा छानिएका हुन् ।
उनको जिम्मेवारी आगामी स्थानीय निर्वाचनमा लेबोर पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने रहने छ ।
बेलायतमा नेपालीहरुको बढ्दो उपस्थितिसंगै स्थानीय राजनीतिमा पनि नेपालीहरुको बलियो उपस्थिति देखिन थालेको छ । सन् २००७ मा भूपू गोर्खा सैनिक धन गुरुङले लिब्डेम पार्टीबाट काउन्सिलरमा निर्वाचित भएर शुरु गरेको राजनीति प्रवेशको यो अभियानमा अहिलेसम्म नेपालीहरु डेपुटी मेयरसम्म बनिसकेका छन् ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त