लन्डन । सन् २०१० देखि बेलायतको लेबोर पार्टीमा संलग्न एक जना भूतपूर्व नेपाल प्रहरी अधिकृत शिवजी श्रेष्ठ बेजिङस्टोक लेबोर पार्टीको स्थानीय काउन्सिलरका उम्मेदवार छान्ने छनोट बोर्ड सदस्यमा मनोनित भएका छन् ।
लामो समय वेल्स्मा बस्दा स्थानीय लेबोर पार्टीको मेम्बरसिप सेक्रेटरी रहेका उनी हाल बेजिङस्टोक लेबोर पार्टीको ब्ल्याक एसियन एथ्निक माइनोरिटी अफिसर प्रमुख भएकै हैसियतमा छनौट बोर्डमा छानिएका हुन् ।
उनको जिम्मेवारी आगामी स्थानीय निर्वाचनमा लेबोर पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने रहने छ ।
बेलायतमा नेपालीहरुको बढ्दो उपस्थितिसंगै स्थानीय राजनीतिमा पनि नेपालीहरुको बलियो उपस्थिति देखिन थालेको छ । सन् २००७ मा भूपू गोर्खा सैनिक धन गुरुङले लिब्डेम पार्टीबाट काउन्सिलरमा निर्वाचित भएर शुरु गरेको राजनीति प्रवेशको यो अभियानमा अहिलेसम्म नेपालीहरु डेपुटी मेयरसम्म बनिसकेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम