लन्डन । बाबा विरामी भएर अपरझट काठमाण्डू जांदा उनी आफैं विरामी भइन् । अस्पताल जाने क्रममा गायक मिलन लामासंग उनको फेसबुक च्याट भयो । उनले सोधिन्, ‘मिलन दाई म यतै छु, एउटा गीत गाउन मन छ के कति सम्भव होला ?’ एउटा उत्सुक नेपाली संगीतप्रेमीको प्रस्ताव नमान्ने कुरै थिएन, लामा तयार भए सुधा थापासंग गीत गाउन । गीत बन्योः
हे गुन्यू चोली नेपाली भेषैमा,
फुर्के डोरी बाटौली केसैमा
बाट मायाले
फुर्के डोरी चुल्ठोमा बाट मायाले
अझै पनि बिहे भाछैन् आंट मायाले..
करिब ६ मिनेट लामो गीत रेकर्डिङ लगत्तै गत अक्टोबरतिर एउटा भिडियो समेत तयार भयो, जसलाई युट्यूवबाट ६४ हजार बढिले हेरिसकेका छन् । बिना योजना तयार भएको पहिलो गीत नै एकाएक हिट भएपछि अहिले सुधालाई ‘वेल डन’ भन्नेहरु अत्यधिक छन् ।
गीत विनोद ढकालले लेखेका हुन् । प्रकाश कटुवालको संगीत छ । सुष्मा अधिकारी, मिलन लामा र सुधा थापाले अभिनय गरेको म्यूजिक भिडियो पनि आकर्षक बनेको छ, जसका निर्देशक हुन् शिव बिक ।
सन् २००९ देखि बेलायत बस्दै आएकी सुधाका हजुरबुवाले सैनिक सेवा गरे भने बुवा सरकारी डाक्टर । तर, सुधाको रुचि सानै देखि गीत संगीततिर थियो । विद्यालय, कलेज पढ्दा नै गाउंथिन उनी । बेलायतमा हुने स्थानीय कार्यक्रमका स्टेजतिर पनि बेला बेला झुल्किन्छन् उनी ।
केही महिनापछि एल्बम नै निकाल्ने सोच उनको छ । तर, नेपालमा गीत सार्वजनिक गरेर बेलायत बस्दा भने त्यत्ति प्रभावकारी नहुने अनुभव उनको छ । ‘नयां नयांलाई अलिक बढि नै संघर्ष गर्नुपर्ने अवस्था रहेछ’, उनले सुनाइन् ।
गीतको भिडियो हेर्नुस्ः
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता