सुधाको फुर्के डोरीमा अल्झिए मिलन

11745744_873363962733749_1639880723364251868_n

लन्डन । बाबा विरामी भएर अपरझट काठमाण्डू जांदा उनी आफैं विरामी भइन् । अस्पताल जाने क्रममा गायक मिलन लामासंग उनको फेसबुक च्याट भयो । उनले सोधिन्, ‘मिलन दाई म यतै छु, एउटा गीत गाउन मन छ के कति सम्भव होला ?’ एउटा उत्सुक नेपाली संगीतप्रेमीको प्रस्ताव नमान्ने कुरै थिएन, लामा तयार भए सुधा थापासंग गीत गाउन । गीत बन्योः

हे गुन्यू चोली नेपाली भेषैमा,
फुर्के डोरी बाटौली केसैमा
बाट मायाले
फुर्के डोरी चुल्ठोमा बाट मायाले
अझै पनि बिहे भाछैन् आंट मायाले..

करिब ६ मिनेट लामो गीत रेकर्डिङ लगत्तै गत अक्टोबरतिर एउटा भिडियो समेत तयार भयो, जसलाई युट्यूवबाट ६४ हजार बढिले  हेरिसकेका छन् । बिना योजना तयार भएको पहिलो गीत नै एकाएक हिट भएपछि अहिले सुधालाई ‘वेल डन’ भन्नेहरु अत्यधिक छन् ।

गीत विनोद ढकालले लेखेका हुन् । प्रकाश कटुवालको संगीत छ । सुष्मा अधिकारी, मिलन लामा र सुधा थापाले अभिनय गरेको म्यूजिक भिडियो पनि आकर्षक बनेको छ, जसका निर्देशक हुन् शिव बिक ।

सन् २००९ देखि बेलायत बस्दै आएकी सुधाका हजुरबुवाले सैनिक सेवा गरे भने बुवा सरकारी डाक्टर । तर, सुधाको रुचि सानै देखि गीत संगीततिर थियो । विद्यालय, कलेज पढ्दा नै गाउंथिन उनी । बेलायतमा हुने स्थानीय कार्यक्रमका स्टेजतिर पनि बेला बेला झुल्किन्छन् उनी ।

केही महिनापछि एल्बम नै निकाल्ने सोच उनको छ । तर, नेपालमा गीत सार्वजनिक गरेर बेलायत बस्दा भने त्यत्ति प्रभावकारी नहुने अनुभव उनको छ । ‘नयां नयांलाई अलिक बढि नै संघर्ष गर्नुपर्ने अवस्था रहेछ’, उनले सुनाइन् ।

गीतको भिडियो हेर्नुस्ः

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री