लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना यूके) को पांचौं अधिवेशनसंगै कमल बहादुर पूर्जाले अध्यक्षको जिम्मेवारी लिएका छन् । शनिवार अल्डरसटको बडी एक्टिभ हलमा सम्पन्न अधिवेशनबाट तीन वर्षका लागि १९ सदस्यीय कार्यकारिणी समितिले शपथ लिएको छ जसमा उपाध्यक्ष दल बहादुर जुग्जाली र खिम सेरचन, महिला उपाध्यक्ष लीला पुन, महासचिव कुमार फगामी, सचिव लालबहादुर पुन, कोषाध्यक्ष होम रोका, सह कोषाध्यक्ष पदम बहादुर गर्बुजा चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा बिलबहादुर पुर्जा, नुनु थापा, साम बहादुर गुरुङ, बागबिर चोचाङी पुन, वीर बहादुर छन्त्याल, श्रीमती धन रोका, भक्त रोका, तुल चन्द्र तिलिजा, रमेश शाही छन् । अधिवेशनले प्रवेश केसीलाई म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय सम्पर्क संयोजक विभाग र किसन जीसीलाई आपतकालिन राहत कोष समन्वय संयोजक विभागको जिम्मेवारी प्रदान गरेको छ ।
निर्वाचन आयुक्त दलमान पुनले नवनियुक्त कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए ।
निर्वाचन समितिका सदस्य सचिव योगकुमार फगामीका अनुसार, अधिवेशन तीन चरणमा भएको थियो । पहिलो चरणको अध्यक्षता प्रकाश
पौडेल र म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको हो । पूर्व सांसद नरबहादुर पुन विशेष अतिथी थिए । संस्थाका सचिव खिम शेरचनले सञ्चालन गरेको उक्त चरणमा करिव तीनसयको सहभागिता थियो ।
पहिलो चरणमा संस्थाका उपाध्यक्ष दल जुग्जालीले सुरक्षा सम्बन्धी जानकारी गराए भने अर्का उपाध्यक्ष कमल पूर्जाले स्वागत मन्तव्य दिएक । उक्त अवसरमा संस्थापक सदस्य साम गुरुङ र पूर्व अध्यक्ष रेशम शेरचनले शुभकामना मन्तव्य दिएका थिए ।
सचिव खिम शेरचनले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष किसन जीसीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
मन्तव्यका क्रममा प्रमुख अतिथी तथा म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले म्याग्दी जिल्लामा सामूहिक लगानी मार्फत पर्यटकीय क्षेत्र बनाउन सके जिल्लाको विकास हुने बताउंदै हाल अन्तर्राष्ट्रिय समन्वय परिषदले ल्याएको डा. महावीर पुन लगायत प्रोजेक्टमा सबै मिलेर सफल पार्न आग्रह गरे । विशेष अतिथी तथा पूर्व सांसद नरबहादुर पुनले संस्थालाई राजनीति र व्यवसायिक स्वार्थबाट टाढा राखी समाजसेवामा लाग्न आग्रह गरे ।
मन्तव्यका क्रममा संस्थाका पूर्व अध्यक्ष योगकुमार फगामीले नयां पदाधिकारीलाई पद भन्दा काम गरेर उदाहरण प्रस्तुत गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दलमान पुन, पूर्व अध्यक्षहरु रेशम सेरचन, योगकुमार फगामी र उमेश राना, चिम्खोला समाज यूकेका मोती प्रसाद तिलिजा, राखु समाज यूकेका अमर मल्ल, दाना सेरोफेरो यूकेका बल बहादुर पूर्जा, तीन गाउंले समाज यूकेका बेल बहादुर बुढाथोकी, देवीस्थान फेलोसिप समाज यूकेका ओमप्रसाद पुन, म्याग्दी बिम समाज यूकेका कृष्ण जुग्जाली, म्याग्दी राउघाट खोला सेरोफेरो यूकेका रत्न शाही, खिबाङ्गी समाज यूकेका देबु पूर्जा, लेकालीरकुहु गाविस समाज यूकेका लीलामान सेरपुन्जा, भुरुङ तातो पानी वेलफेयर सोसाइटीका तेजबहादुर रामजाली पुन, पाउदरी समाज यूकेका तुलचन्द्र तिलिजा, सिक्तानी समाज यूकेका दिपक पुन, संस्थापक सदस्यहरु योगेन्द्रबहादुर क्षेत्री, प्रवेश केसी, उत्तम खत्री, साम गुरुङ, प्रकाश पौडेल, पदम गुरुङ, नरबहादुर पाइजा, झकवीर जुग्जाली र धीरज पुन लगायतको उपस्थिति थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]