
लन्डन । नेपाल भाषाको चलचित्र तुयुमतीको रेड कार्पेट प्रिमियर शो आज दिउसो हुने भएको छ । लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा एक बजे प्रिमियर शो गर्न लागिएको हो ।
उक्त फिल्मका अभिनेता एवं निर्देशक मनिष श्रेष्ठले शोको तयारी भइसकेको जनाउंदै करिब तीन सय सहभागी आउने अपेक्षा गरिएको जनाए ।
नेपाल भाषाको संरक्षण र विदेशमा नेपाली चलचित्र प्रवर्धनका लागि समर्पित श्रेष्ठले सोही फिल्म आगामी २८ फेब्रुअरीका दिन एसियन कम्युनिटी हल, प्लमस्टिडमा समेत देखाइने जनाए ।
फिल्मको अंग्रेजी र नेपाली सबटाइटल भएकाले जुनसुकै वर्ग र जातीले समेत हेर्न सक्नेछन् ।
नेपाल र बेलायतमा छायांकन गरिएको उक्त फिल्म अनु श्रेष्ठ (निर्मात्री), देवेन्द्र श्रेष्ठ र दीपक श्रेष्ठले निर्माण गरेका हुन् ।
तुयुमतिको बेलायत भाग निर्देशन मनिष श्रेष्ठ, छायांकन कुशल श्रेष्ठ र नेपाल भागको निर्देशन आरएम नकमी एवं छायांकन राजु कार्कीले गरेका छन् ।
फिल्ममा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकारी, मदनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, हिसिला महर्जन, धिरेन शाक्य, सविन शाक्य, राजाराम पौडेल, ह्दयप्रसाद मिश्र, सुनिता सिंह, सुशील प्रजापति, विनोद चिपालु, दीपा शाक्य लगायत यूके र नेपालका कलाकारको अभिनय छ । यसमा फिल्म निर्माण सम्वन्धि अध्यापन गर्ने केही बेलायती प्राध्यापकले समेत खेलेका छन् ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]