
लन्डन । नेपाल भाषाको चलचित्र तुयुमतीको रेड कार्पेट प्रिमियर शो आज दिउसो हुने भएको छ । लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा एक बजे प्रिमियर शो गर्न लागिएको हो ।
उक्त फिल्मका अभिनेता एवं निर्देशक मनिष श्रेष्ठले शोको तयारी भइसकेको जनाउंदै करिब तीन सय सहभागी आउने अपेक्षा गरिएको जनाए ।
नेपाल भाषाको संरक्षण र विदेशमा नेपाली चलचित्र प्रवर्धनका लागि समर्पित श्रेष्ठले सोही फिल्म आगामी २८ फेब्रुअरीका दिन एसियन कम्युनिटी हल, प्लमस्टिडमा समेत देखाइने जनाए ।
फिल्मको अंग्रेजी र नेपाली सबटाइटल भएकाले जुनसुकै वर्ग र जातीले समेत हेर्न सक्नेछन् ।
नेपाल र बेलायतमा छायांकन गरिएको उक्त फिल्म अनु श्रेष्ठ (निर्मात्री), देवेन्द्र श्रेष्ठ र दीपक श्रेष्ठले निर्माण गरेका हुन् ।
तुयुमतिको बेलायत भाग निर्देशन मनिष श्रेष्ठ, छायांकन कुशल श्रेष्ठ र नेपाल भागको निर्देशन आरएम नकमी एवं छायांकन राजु कार्कीले गरेका छन् ।
फिल्ममा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकारी, मदनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, हिसिला महर्जन, धिरेन शाक्य, सविन शाक्य, राजाराम पौडेल, ह्दयप्रसाद मिश्र, सुनिता सिंह, सुशील प्रजापति, विनोद चिपालु, दीपा शाक्य लगायत यूके र नेपालका कलाकारको अभिनय छ । यसमा फिल्म निर्माण सम्वन्धि अध्यापन गर्ने केही बेलायती प्राध्यापकले समेत खेलेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा