लण्डन । एक्सेस फाइनान्सियल सर्भिसेजले प्लमस्टिड र अासफाेर्डमा माेर्गेज र ट्याक्सका बारेमा निशुल्क परामर्श गर्ने भएकाे छ ।
फेब्रुअरी १४ का दिन अाइतबार गेसाे हल प्लमस्टिडमा दिउँसाे १ देखि ४ बजेसम्म हुने सेमिनारमा विल र स्टेट प्लानिङ, ट्याक्सका नयाँ नियमहरू र घरजग्गामा पार्नसक्ने असरहरू, घरखरिद बिक्रीमा वकिलकाे भूमिका, समय वचत गरेर कसरी व्यापार बढाउने, माेर्गेज, रिमाेर्गेज, बीमा र भाडामा दिने घर खरिद लगायतका बारेमा परामर्श दिइने छ ।
प्लमस्टिडमा हुने सेमीनारमा भाग लिन चाहनेहरूका लागि मगर संघ प्लमस्टिडका पूर्व उपाध्यक्ष देवी अालेलाइ सम्पर्क व्यक्ति ताेकिएकाे छ ।
सेमिनारमा सहभागीले समूहमा र एक्लाएक्लै पनि विज्ञहरूसित परामर्श लिनसक्ने बताइएकाे छ ।
यस्तै साेही सेमिनार मार्च ६ तारिखका दिन अासफाेर्ड, केन्टमा पनि हुने भएकाे छ । वुमन्स इस्न्टिच्यूट हलमा दिउँसाे १ देखि ४ बजेसम्म साे कार्यक्रम हुने छ । पदम गर्बुजा साे सेमिनारका लागि सम्पर्क व्यक्ति ताेकिएका छन् ।
एक्सेसले एसएनपी प्लस, ब्यालेन्स कन्सल्ट्यान्सी, सेठी पार्टनरसिप, टीएम डेभलपमेण्ट एसाेसिएटकाे सहयाेगमा यसअघि पनि लण्डन र फार्नब्राेमा यस्ता सेमीनार गरिसकेकाे छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम