लन्डन । दमक झापामा सञ्चालित रत्न आश्रमको सहयोगार्थ लन्डनमा च्यारिटी डिनर हुने भएको छ । आगामी अप्रिल ३० तारिख सांझ ह्यारोबरो फुटबल क्लवमा कार्यक्रम गर्न लागिएको संस्थापक मनमाया सुनुवार (आले) ले जनाइन् ।
उक्त वृद्धाश्रममा हाल तीन वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । बेलायतमा नर्सिङ पेशामा आवद्ध सुनुवारको आफ्नै खर्चमा उनीहरुलाई औषधोपचारसहित खाना, बस्न निशुल्क व्यवस्था मिलाइएको छ । ७ कोठे वृद्धाआश्रममा असहाय र अपहेलित वृद्धवृद्धा थप्ने योजना सुनुवारको छ ।
च्यारिटीका लागि नेपलिज नर्सिङ एसोसिएसन यूके, मिसन टु हेल्प नेपाल, वेम्ली महिला मगर संघ र जुनकिरी इनिसियटिभ्स् ले सघाउने भएका छन् । बिहीबार ति संस्थाका तर्फबाट क्रमशः रश्मिता दर्लामी, बबी लामा, शशी थापा सुब्बा, लक्ष्मी राई (लारा) र गोर्खा च्यानलकी विमला सेनेले तयारी सम्वन्धमा छलफल गरेका थिए । उक्त अवसरमा जिम्मेवारी बांडफांडबारे समेत छलफल भयो ।
रत्न आश्रमकी संस्थापक मन सुनुवारले च्यारिटीमा आइदिएर सहयोग गर्न सबैमा अपिल गरेकी छिन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम