
काठमाडौँ, १५ माघ । वैदेशिक रोजगारीमा जान चाहने युवाको काममा लापर्बाही गरेको र घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वैदेशिक रोजगार विभागमा छापा मारेको छ ।
सेवाग्राहीलाई दुःख दिएको, श्रम स्वीकृतिलगायतमा व्यवधान गरेको र घुस लिएको उजुरी परेपछि आयोगले छापा मारेको हो ।
नागरिकको गुनासोका आधारमा छापा मारिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार छापा मार्दा महानिर्देशक केदार बोगटीसहित १३ जना अधिकृतसमेत गयल रहेको पाइएको छ । यस्तै एक दर्जनभन्दा बढी नायब सुब्बा र खरिदार तथा श्रेणीविहीन कर्मचारी गयलमा रहेको पाइएको हो ।
सेवाग्राहीले दिएको उजुरीका आधारमा छापा मारिएको र विभागका सम्बन्धमा प्राप्त भएको उजुरीमाथि छानबिन भइरहेको जनाइएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]