
काठमाडौँ, १५ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताउनुभएको छ ।
नीतिमूलक अनुसन्धान तथा विकास संस्था (इप्राड)ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको तत्कालीन एवम् दीर्घकालीन स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “कर्णप्रिय प्रवचनभन्दा पनि ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो यस विषयमा मूर्त समाधानको उपायसहित एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ ।”
मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणासहितको कार्यक्रम आउने जानकारी दिँदै उहाँले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेको धारणा राख्नु भयो ।
अर्थमन्त्री पौडेलले प्रसारण लाइन अविलम्ब सुरु गर्ने, निर्माणाधीन आयोजनालाई सम्पन गर्न ढिलाइ गर्न नहुने र विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ऊर्जा विज्ञ गुरुप्रसाद न्यौपाने, शेरसिंह भाट र डा भीमप्रसाद न्यौपानेलगायतले जलविद्युत् आयोजना निर्माण अवरुद्ध हुने अवस्था आउन नहुने, उत्पादन लागत घटाउनुपर्ने र विद्युत प्रसारण लाइन निर्माण जिम्मा निजी क्षेत्रले पनि पाउनुपर्ने सुझाव दिनुभएको थियो ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?