लन्डन । प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल लैजान प्रयास गरिरहेको नेपाली प्रतिनिधिमण्डल सोमबार टेन डाउनिङ स्ट्रिट जाने भएको छ । क्यामरुनले सोमबार दिउसो एकबजे समय दिएको कार्यक्रम संयोजन गरिरहेका राजाराम गिरीले जानकारी दिए ।
सुरक्षाका कारण प्रतिनिधिमण्डलमा बेलायतस्थित नेपाली डायस्पोराका तर्फबाट ५ जनामात्र डाउनिङ स्ट्रिट जाने तय भएको छ । जसमा व्यवसायी गिरीसहित गैर आवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन क्षेत्री, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिं गुरुङ, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेशराज मोक्तान र नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ जाने भएका छन् । क्यामरुनलाई भेटेर भ्रमणको औपचारिक निम्तो दिइनेछ ।
‘कुनै अप्रत्यासित घट्ना नभए क्यामरुनलाई नै भेट्ने निश्चित छ’, गिरीले भने ।
डाउनिङ स्ट्रिट जानुअघि बिहान उक्त प्रतिनिधिमण्डलले बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष वीरेन्द्र शर्मासंग छलफलको कार्यक्रम समेत राखेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा बेलायती प्रधानमन्त्रीको अहिलेसम्म भ्रमण भएको छैन् । क्यामरुनलाई नेपाल सरकारले भ्रमणको औपचारिक निम्तो दिएपनि नेपाली डायस्पोराका तर्फबाट समेत बेग्लै आग्रह गर्न लागिएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम