
प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बङ्गबन्धु गोल्डकप उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीलाई बिहीबार सम्मान गरेपछि सामूहिकरुपमा । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेलाडीलाई सधँै ‘च्याम्पियन’ भएर सम्मानका लागि आफूलाई मौका दिन आग्रह गर्नुभएको छ ।
बङ्गलादेशमा भर्खरै सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उहाँले टोलीका खेलाडीलाई प्रतिप्रश्न गर्दै भन्नुभयो, “तपाइँहरुलाई यसरी नै सम्मान गरिरहन पाउँ, सधँै जितेर मौका दिनुहुन्छ हैन ?”
प्रधानमन्त्री ओलीले २३ वर्षको अन्तरालपछि नेपाली टोलीले उपाधि जिताएर यसअघि लागेका खेल मिलेमतो (म्याच फिक्सिङ) लगायतका लज्जा बिर्साउँदै सम्पूर्ण फुटबललाई नै माथि उठाएको बताउनुभयो ।
युवा फुटबल खेलाडीमा जितको भोक चढिसकेकाले आसन्न दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा पनि टोलीले स्वर्णपदक जित्नमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएका उहाँले भन्नुभयो, “खेलमा जित्नैपर्छ, त्यसमा पनि नेपालले जित्नैपर्छ, त्यसैले सागमा स्वर्ण पदकको ट्रफी उचालेर आउनुहोस्, तपाइँहरुबाट देश र जनताले त्यही नै आशा गरेको छ ।”
प्रधानमन्त्री ओलीले नेपाली हावापानी, परिवेश र उकाली–ओराली प्राकृतिक रुपमै जित्नका लागि योग्य रहेको बताउँदै भन्नुभयो, “त्यसमा सीप, दक्षता र अनुशासन मिसाउनुहोस् ।” साथै, उहाँले ‘च्याम्पियन’ टोलीका सदस्यलाई जनही रु दुई दुई लाख दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आर्थिक कारणले कतिपय खेलाडीको खेल र पारिवारिक जीवन कष्टपूर्ण रहेकाले आफू सुधारका लागि लागिपरेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘च्याम्पियन टोली’का खेलाडी तथा पदाधिकारीलाई दिवाभोजको आयोजना गर्नुभएको थियो ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण