
काठमाडौँ, १३ माघ । नेपाल–भारत सम्बन्ध विकासका मुद्दामा केन्द्रित हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
भारतको ६७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई विकासका मुद्दामा केन्द्रित गरिनुपर्ने बताउनुभयो । “नेपालको विकासको अवस्था ४५ वर्ष अघि जस्तै छ, अन्य कुरालाई छोडेर अब दुई देशबीचको सम्बन्ध विकासका कुरामा जानुपर्छ”–उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दक्षिण एसिया विकासका हिसाबले विश्वमै पछाडि पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो – “एक्काइसौँ शताब्दीको विकास निर्माणको दृष्टिले नेपाल–भारत सम्बन्धलाई हेर्नुपर्छ । भारतले सुरक्षा नभई विकासको आँखाले नेपालको सम्बन्धलाई हेर्नुपर्छ । यही विकासमुखी राजनीति गर्न नयाँ शक्ति आएको छ ।”
उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सी पी मैनालीले विकासमा भारत विश्वमै पाँचौँ छैटौँ नम्बरमा पर्ने भएकाले नेपाललाई पनि विकासको साझेदार बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । “नेपाल–भारत शताब्दीऔँदेखि सभ्यता निर्माणमा सँगै हिँडेकाले २१ औँ शताब्दीमा विकास निर्माणको मुद्दामा पनि सँगै हिँड्नुपर्छ” – उहाँले भन्नुभयो ।
नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत–नेपाल सम्बन्ध व्यक्तिले नबनाएकाले कसैले बिगार्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – “भारत–नेपाल सम्बन्धलाई अब विकास निर्माणमा केन्द्रित गर्नुपर्छ, राजनीतिक मुद्दामा एकमत नभएपनि विकासको मुद्दामा सबैको एकमत हुन्छ ।”
पूर्वमन्त्री एवम् मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले नाकाबन्दी मधेसवासीले गरेकामा काठमाडौँका शासकले भारतलाई दोष लगाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का महासचिव अर्जुनबहादुर थापा, भारतका लागि पूर्वनेपाली राजदूत प्रा डा लोकराज बराल, समाजका अध्यक्ष प्रेम लस्करीलगायतले नेपाल–भारत सम्बन्ध नयाँ आयामबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल