
काठमाडौँ, १३ माघ । नेपाल–भारत सम्बन्ध विकासका मुद्दामा केन्द्रित हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
भारतको ६७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई विकासका मुद्दामा केन्द्रित गरिनुपर्ने बताउनुभयो । “नेपालको विकासको अवस्था ४५ वर्ष अघि जस्तै छ, अन्य कुरालाई छोडेर अब दुई देशबीचको सम्बन्ध विकासका कुरामा जानुपर्छ”–उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दक्षिण एसिया विकासका हिसाबले विश्वमै पछाडि पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो – “एक्काइसौँ शताब्दीको विकास निर्माणको दृष्टिले नेपाल–भारत सम्बन्धलाई हेर्नुपर्छ । भारतले सुरक्षा नभई विकासको आँखाले नेपालको सम्बन्धलाई हेर्नुपर्छ । यही विकासमुखी राजनीति गर्न नयाँ शक्ति आएको छ ।”
उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सी पी मैनालीले विकासमा भारत विश्वमै पाँचौँ छैटौँ नम्बरमा पर्ने भएकाले नेपाललाई पनि विकासको साझेदार बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । “नेपाल–भारत शताब्दीऔँदेखि सभ्यता निर्माणमा सँगै हिँडेकाले २१ औँ शताब्दीमा विकास निर्माणको मुद्दामा पनि सँगै हिँड्नुपर्छ” – उहाँले भन्नुभयो ।
नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत–नेपाल सम्बन्ध व्यक्तिले नबनाएकाले कसैले बिगार्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – “भारत–नेपाल सम्बन्धलाई अब विकास निर्माणमा केन्द्रित गर्नुपर्छ, राजनीतिक मुद्दामा एकमत नभएपनि विकासको मुद्दामा सबैको एकमत हुन्छ ।”
पूर्वमन्त्री एवम् मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले नाकाबन्दी मधेसवासीले गरेकामा काठमाडौँका शासकले भारतलाई दोष लगाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का महासचिव अर्जुनबहादुर थापा, भारतका लागि पूर्वनेपाली राजदूत प्रा डा लोकराज बराल, समाजका अध्यक्ष प्रेम लस्करीलगायतले नेपाल–भारत सम्बन्ध नयाँ आयामबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग