लन्डन । लन्डनस्थित नेपाली दूतावासले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आवेदन तत्कालै राहदानी विभाग, काठमान्डू पुग्ने गरि थालिएको प्रत्यक्ष दर्ता प्रणाली (लाइभ इनरोलमेन्ट सिस्टम) ले पूर्ण रुपमा काम गरिरहेको जानकारी दिएको छ । दूतावासले ५ जनवरीमा शुरु भएको यस प्रणालीबारे तीनसाता पछि मंगलबार जानकारी दिएको हो ।
एमआरपी वितरण सहज र छिटो छरितो बनाउने नेपाल सरकार, परराष्ट मन्त्रालयको निर्णय र निर्देशनानुसार लन्डनस्थित दूतावासमा पनि उक्त सिस्टम शुरु भएको दूतावासले जनाएको छ ।
सेवाग्राही नेपाली नागरिकले राहदानी फाराममा एकप्रति फोटो टांसी (केही समयपछि त्यो आवश्यक नपर्न सक्ने) नागरिकताको सक्कल र एकप्रति फोटोकपी, पुरानो राहदानी सक्कल र एक प्रति फोटोकपी, शुल्क र अन्य आवश्यक कागजातसहित दूतावास उपस्थित भएको खण्डमा अपरेटरले कम्प्युटरबाट निवेदकको फोटो खिची सो विवरण, विद्युतीय हस्ताक्षर र औंठाछाप (फिंगर प्रिन्ट) तुरुन्तै राहदानी विभागमा उपलव्ध गराउने जनाइएको छ ।
यस प्रणालीबाट आवेदनमा त्रुटी कम हुने, आवेदन कहां के भइरहेको छ सो को जानकारी इमेलबाट प्राप्त हुने र राहदानी समेत छिटो तयार भएर आउने दूतावासले जनाएको छ ।
दूतावासको सूचना विस्तृतमा पढ्नुहोस्ः
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम